फिफाद्वारा पाकिस्तान निलम्बित
फुटबलमा सरकारी हस्तक्षेप भएको भन्दै फिफाले पाकिस्तानलाई निलम्बन गरेको छ । ‘पाकिस्तानी फुटबल संघको नेतृत्व अदालतले नियुक्त गरेको अधिकारीहरूको हातमा भएको र त्यसले फुटबल खेलमा प्रत्यक्ष सरकारी हस्तक्षेप देखिएकाले पाकिस्तानलाई निलम्बन गरिएको हो,’ फिफाले भनेको छ ।