१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

धनुष्कामाथिको प्रतिबन्ध घट्यो

श्रीलंका क्रिकेट बोर्डले मंगलबार अलराउन्डर धनुष्का गुणथिलकामाथि लगाएको प्रतिबन्ध घटाएको छ । अन्य केही खेलाडीले पाकिस्तानविरुद्धको अन्तिम ट्वान्टी–२० खेलका लागि टोलीबाट नाम फिर्ता लिने खबर सार्वजनिक भएपछि बोर्डले उनीमाथि लगाएको प्रतिबन्ध तीन खेलमा झारेको हो ।

श्रीशान्तको प्रतिबन्ध यथावत्

भारतको एक अदालतले मंगलबार तीव्र गतिका बलर शान्तकुमारन श्रीशान्तमाथि लगाइएको आजीवन प्रतिबन्धको फैसलालाई यथावत् राखेको छ । गत अगस्टमा केरलाको एक उच्च अदालतले प्रमाण नपुगेको भन्दै श्रीशान्तमाथि लगाइएको आजीवन प्रतिबन्ध फुकुवा गर्न आदेश दिएको थियो । अदातलको निर्णयपछि भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले त्यसविरुद्ध अपिल गरेको थियो । बिसिसिआईको अपिलमा सुुनुवाई गर्दै अदालतले आफ्नो पछिल्लो फैसला उल्ट्याएर उनीमाथिको आजीवन प्रतिबन्धको निर्णय यथावत् राखेको हो।

भारतले इलामदेखि पाँचथरसम्म लगाएकाे प्रतिबन्ध खुल्ला

भारतीय सीमावर्ती सिंहलीला नेसनल पार्कले रेडपाण्डाको प्रजनन समयमा पर्यटकको आगमनमा लगाएको प्रतिबन्ध खुल्ला गरेको छ । गत जुन १५ तारिखदेखि तीन महिनासम्मका लागि पार्कले लगाएको प्रतिबन्ध खुल्ला गरेको हो । पार्कले सेप्टेम्बर १५ तारिखदेखि रेडपाण्डा हेर्न पर्यटक र सर्वसाधारणका लागि खुल्ला गरेको जनाएको छ ।

चीनमा ह्वाट्सएप प्रतिबन्ध

चीनमा म्यासेज सेवा प्रदायक ह्वाट्सएप प्रतिबन्ध गरिएको छ । चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको अर्को महिना हुने बैठकको सुरक्षालाई लिएर सरकारले ह्वाट्सएपलाई प्रतिबन्ध गरेको बताइएको छ ।

ट्रम्पको यात्रा प्रतिबन्धमा तीन देश थपिए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मार्च महिनामा मुस्लिम बाहुल्य ६ राष्ट्रमाथि लगाएको यात्रा प्रतिबन्धको दायरा बढाई उक्त सूचीमा उत्तर कोरिया, भेनेजुयला  र चादलाई समेत समावेश गर्ने घोषणा गरेका छन् ।

बङ्गलादेशमा रोहिंग्या शरणार्थीलाई मोवाइल बोक्न प्रतिबन्ध

बङ्गलादेशले म्यानमारबाट आफ्नो मुलुकमा प्रवेश गरेका रोहिङ्ग्या मुसलमान समुदायबाट शरणार्थीलाई मोबाइल फोनको सेवा नदिन यहाँका दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई भनेको छ।

पश्चिम बंगाल सरकारद्वारा नेपाली च्यानल प्रतिबन्ध

गोरखाल्यान्ड आन्दोलनको समाचार सम्प्रेषण गरेको आरोपमा पश्चिम बंगाल प्रहरीले सिक्किमका मुख्यमन्त्रीका छोराले सञ्चालन गरेका एबिएन नेटवर्कमा छापा मारेको थियो। भारतबाट नेपाली भाषामा सञ्चालन हुने एक मात्रै स्याटालाइट च्यानल एबिएन नेटवर्क बन्द भएको एक महिना भइसकेको छ। जुलाई २२ का दिन पश्चिम बंगालको प्रहरीले टेलिभिजन च्यानलमा छापा मारेर च्यानलको कर्पोरेट अफिस र सिलिगुरीमा रहेको स्टुडियोमा सिल मारिदिएको थियो।

प्रतिबन्धित भारु साटिदिन मोदीलाई आग्रह

भारतको पाँचदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले र भारतीय समकक्षी नरेन्द्र मोदीलाई प्रतिबन्धित पाँच सय र हजार दरका भारु नोट साट्ने व्यवस्था मिलाउन आग्रह गर्ने भएका छन्। मोदीसँगको भेटवार्तामा देउवाले प्रतिबन्धित भारु साटिदिन आग्रह गर्ने विषय एजेन्डामा रहेको उच्च सरकारी स्रोतले बताएको छ।

प्रतिबन्धको कानुनी आधार माग

राष्ट्र बैंकले कानुनमा व्यवस्था नभएको अधिकार प्रयोग गरेर जनप्रतिनिधिलाई बैंक सञ्चालक हुनबाट रोक लगाउने काम गरेको सांसदहरुको भनाइ

चीनद्वारा उत्तर कोरियाको कोइला, फलाम अायातमा प्रतिबन्ध

चीनको वाणिज्य मन्त्रालयले मंगलबारदेखि लागु हुने गरी उत्तर कोरियाबाट आयात हुँदै आएको कोइला, फलाम, कच्चा लिड लगायतका सामाग्रीहरूको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ।

कृषियोग्य जमिन प्लटिङ गर्न प्रतिबन्ध

सरकारले कृषियोग्य जमिनमा जग्गा प्लटिङ गर्न रोक लगाएको छ। खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको संवैधानिक प्रत्याभूतिलाई गर्न कृषियोग्य जमिनमा प्लटिङ गर्न भूमि सुधार मन्त्रालयले रोक लगाएको हो। मन्त्रालयले भूमिसुधार ऐन २०२१ बमोजिम कृषियोग्य जमिनको प्लटिङमा रोक लगाएको हो ।

उत्तर कोरियामाथि थप प्रतिबन्ध

उत्तर कोरियाको निरन्तरको क्षेप्यास्त्र परीक्षणविरुद्ध संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले सर्वसम्मत रुपमा नयाँ प्रतिबन्ध अनुमोदन गरेको छ। संयुक्त राष्ट्र संघको पछिल्लो प्रतिबन्धले उत्तर कोरियाको सामान विश्वभर निर्यातमा रोक लगाइने भएको छ भने उत्तरमा विदेशी लगानीलाई पनि सीमित पारिने भएको छ।

रुसलाई प्रतिबन्ध लगाउने विधेयकमा ट्रम्पको हस्ताक्षर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई प्रतिबन्ध लगाउने विषयको अमेरिकी दुवै सदनले पारित गरेको विधेयकमा हस्ताक्षर गरेका छन्। सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसको संलग्नता रहेको भन्दै अमेरिकी दुवै सदनले रुसलाई नाकाबन्दी लगाउने विषयको विधेयक गत साता बहुमतले पारित  गरेको थियो।

अमेरिकी सेनामा तेस्रो लिंगीलाई प्रतिबन्ध लगाइने

अमेरिकी सेनामा तेस्रो लिंगीको प्रवेशलाई रोक लगाइने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो लिंगी मानिसले देशको सेनामा कुनैपनि क्षमताको कार्य गर्न नसक्ने बताएका छन्।

म्यानचेस्टर युनाइटेडका बेली तीन खेलमा प्रतिबन्धित

म्यानचेस्टर युनाइटेडका रक्षक इरिक बेलीले अर्को महिना रियाल मड्रिडविरुद्ध हुने युरोपियन सुपर कपको खेल प्रतिबन्धका कारण गुमाउने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्