५ आश्विन २०८१ शनिबार
image/svg+xml

हकप्रद, मर्जर र एक्विजिसनको बाटो त्याग्दै वाणिज्य बैंक

अधिकांश वाणिज्य बैंकले यो वर्ष लगानीकर्ता (सेयरधनी) लाई नगद र बोनस लाभांशमात्र दिने भएका छन्। चुक्ता पुँजी आठ अर्ब पु-याइसकेका प्रायः सबै बैंकले हकप्रद, मर्जर तथा एक्विजिसनको बाटो त्यागेर उक्त प्रस्ताव अगाडि सारेका छन्।

यो वर्ष वाणिज्य बैंकको नगद लाभांश मात्र

यो वर्ष सबैजसो वाणिज्य बैंकले लगानीकर्ता (सेयर धनी) लाई नगद लाभांश मात्र दिने देखिएको छ। २८ मा एउटाबाहेक सबै वाणिज्य बैंकको चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुगिसकेकाले उनीहरुले गत वर्षको नाफाबाट सेयर धनीलाई नगद लाभांश मात्र दिने सम्भावना देखिएको हो।

महालक्ष्मीको लाभांश स्वीकृत

महालक्ष्मी विकास बैंक लिमिटेडले सेयरधनीका लागि प्रस्ताव गरेको नौ प्रतिशत नगद लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ ।

टेलिकमका सेयरधनीले पाए प्रतिसेयर ५५ रुपैयाँ लाभांश

नेपाल टेलिकमका सेयरधनीहरूले प्रतिसेयर ५५ रुपैयाँ नगद लाभांश पाउने भएका छन् । आइतबार टेलिकमले १०औं वार्षिक साधारण सभा सम्पन्न गर्दैै आर्थिक वर्ष २०७३÷७४ को मुनाफा रकममध्येबाट ५५ रुपैयाँ प्रतिसेयरका दरले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त सभाले कम्पनीको नियमावली संशोधन लगायतका विभिन्न प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

टेलियालाई लाभांश लैजाने स्वीकृति

स्विडिस कम्पनी टेलिया (साबिकको टेलियासोनेरा) लाई पुँजीगत लाभकरबापत ६५ अर्ब रुपैयाँ तिर्न सरकारले ताकेता गरेको बेला राष्ट्र बैंकले करिब ८ अर्ब रुपैयाँ लाभांश लैजान स्वीकृत दिएको छ । एनसेलको स्वामित्व बिक्री गरेर बाहिरिएको स्विडिस कम्पनी टेलियालाई लाभांश लैजान नरोक्ने आदेश केही दिनअघि सर्वोच्च अदालतले दिएको थियो । त्यही आदेश बमोजिम टेलियालाई लाभांश लैजान राष्ट्र बैंकले अनुमति दिएको हो ।

एनसेललाई लाभांश विदेश लैजान बाटो खुला

सर्वोच्च अदालतले एनसेलको शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले आज एनसेलको ८० प्रतिशत शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको हो ।

अर्बभन्दा बढी लाभांश लिन अाएनन् लगानीकर्ता

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीले वितरण गरेको लाभांश बापतको एक अर्ब रुपैयाँभन्दा बढी रकम लगानीकर्ताले लिन आएका छैनन्। पाँच वर्षभन्दा पुरानो लाभांश लिन नआएपछि त्यस्तो रकम सरकारले छुट्टै कोष बनाएर जम्मा गर्न थालेको हो।

नेपाल इन्भेस्टमेन्ट बैंकको ४१ प्रतिशत लाभांश

नेपाल इन्भेस्टमेन्ट बैंकले ४१ प्रतिशत लाभांश दिने भएको छ। बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले २० प्रतिशत बोनस सेयर र २१ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। उक्त प्रस्ताव स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाएको छ।

बैंकमा लगानीकर्ताको करोडौं लाभांश

सूचीकृत कम्पनीले लगानीकर्तालाई वितरण गर्ने नगद लाभांश लगानीकर्ताले संकलन नगर्दा करौडौं अहिले बैंक तथा वित्तीय संस्थामा थुप्रिएको छ। कम्पनीले वितरण गरेको नगद लाभांश लिन राजधानीबाहिरका लगानीकर्ता काठमाडौं आउनुपर्ने बाध्यात्मक व्यवस्थाका कारण त्यस्तो लाभांश बैंक, वित्तीय संस्थामा थुप्रिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्