सिमसिमे पानीमा ... !
कोरा बौद्धमार्गीहरूले प्रचलनमा ल्याएको शब्द हो रे । जसको अर्थ बौद्ध, चैत्य, स्तुपा आदि जस्ता तीर्थस्थलको परिक्रमा गर्नु हो रे । त्यसैले कोरा साइकलयात्रामा पनि हिन्दू बौद्ध मठमन्दिर, स्तुपा आदि घुमेर साइकलयात्रा सम्पन्न गरिन्छ । नेपालमा विशेष गरी काठमाडौंमा साइकलयात्रीहरूको लागि कोरा एक प्रकारको उत्सव नै हो । सुरुका दिनमा कोरा काठमाडौंमा मात्र सीमित थियो । यस वर्ष झन् झापा, नेपालगंज, जुम्ला लगायतको ठाउँमा पनि कोराको आयोजना भएको खबर सुन्नमा आयो ।