८ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेकपा स्थायी समिति बैठक अनिश्चितकालका लागि स्थगित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी समिति बैठक अनिश्तिककालका लागि स्थगित भएको छ। पार्टीका अध्यक्षद्वयबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकोले बैठक स्थगित गरिएको पार्टीको केन्द्रीय कार्यालयले जनाएको छ।

नेकपा स्थायी समिति बैठक फेरि सर्‍यो

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी समिति बैठक पुनः सरेको छ। आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बुधवार ११ बजे सम्मका लागि स्थगित भएको नेकपा केन्द्रीय कार्यालयद्वारा जारी सूचनामा भनिएको छ।

नेकपाभित्र अनेकता

पार्टीमा रहेको प्रचण्ड–माधव समूहको बहुमतको फायर खोलेर केपीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट अपदस्थ गर्न जरुरी छ।

नेकपा स्थायी कमिटी बैठक सात दिनका लागि स्थगित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी समिति बैठक ७ दिनका लागि स्थगित भएको छ। देशभर बाढीपहिरोले ठूलो क्षति गरेकोले सम्भावित जोखिम न्यूनिकरण गर्न र राहत तथा यद्धारमा जुट्न पार्टि कार्यकर्तालाई निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिनका लागि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

नेकपा स्थायी कमिटी बैठक स्थगित

सत्तारुढ नेकपा स्थायी समिति बैठक असार २२ गते सम्मका लागि स्थगित भएको छ। २२ गतेसम्मका लागि स्थायी कमिटीको बैठक स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

बालुवाटारमा दाहालसँग ओलीको 'लुकामारी'

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक असार १० गतेदेखि जारी छ। तर जारी बैठकमा बेला बेला स्थगित हुन्छ। बैठक सकिए पछि नेताहरु पुन : आफ्ना बैठक बोलाउन व्यस्त देखिन्छ। झम्सिखेलको एक रेष्टुरेन्टमा नेकपाका ३० नेताहरु भेला भएर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्णय मान्नु पर्ने निष्कर्ष निकाले।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्