coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

रिसइबी मिलापत्र गर्ने निहुँमा भेला भएको समूहबीच खुकुरी हानाहान

म्याग्दी सदरमुकाम बेनी र आसपासका गाउँका युवाको समूहबीच बेलाबेला ‘ग्याङ फाइट’ परिरहन्थ्यो। सामान्य विवादले पनि उग्ररुप लिँदै जाँदा बेलाबेला ती समूह एकअर्कासँग भीड्दै आएका थिए। पूरानो रिसइबीलाई मिलापत्र गर्ने निहुँमा भेला भएका उनै दुई समूहबीचको विवादले विहीबार बेलुकी पुन उग्र रुप लियो। अनि त्यही भीडमा अन्धाधुन्ध खुकुरी प्रहार भयो। खुकुरी प्रहारबाट एकजना युवाको ज्यानै गएको छ। अर्का एकजना युवा घाइते भएका छन।

घरेलु हिंसाका उजुरी मिलापत्रमै सीमित

घरेलु हिंसाका उजुरी गाउँमै मिलापत्र हुने गरेको पाइएको छ। प्रहरी कार्यालय कालिकोटको महिला तथा बालबालिका सेलका अुनसार कालिकोटमा अधिकांश घरेलु हिंसाका मुद्दा मिलापत्रमै समाधान गर्ने गरिएको जनाएको छ।

घरदैलोमै न्यायिक निरूपण

आफ्नो अधिकार क्षेत्र तोकी न्यायिक समितिलाई विवाद निरूपण गर्न समितिमा गाउँसभा वा नगरसभाले आफूमध्येबाट निर्वाचित गरेका दुईजना सदस्य रहने व्यवस्था गरेको छ।

७७ वर्षीया महिलामाथि बलात्कारकाे घटनामा जनप्रतिनिधिले नै मिलापत्र गरेको खुलासा

कैलालीको घोडाघोडी नगरपालिका ४ मा ७७ वर्षीया वृद्धालाई बलात्कार गरिएको घटना आर्थिक लेनदेनमा मिलापत्र गराएको खुलासा भएको छ। जनप्रतिनिधिसहित गाउँका टाठाबाठाहरु बसेर पीडितलाई ३ लाख रुपैयाँ दिने सहमतिमा वृद्धा महिलालाई बलात्कार गरेको घटना गुपचुप राखिएको थियो।

गुपचुपमै मिल्यो यौन दुर्व्यवहारको घटना

बाँकेस्थित खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखाअधिकृत प्रदीप सुनारले आफ्नै महिला कर्मचारीलाई गरेको यौन दुर्व्यवहारको घटना गुपचुपमै मिलापत्र टुंगिएको छ।

मिलापत्रमै टुंग्याइन्छ बलात्कार घटना

पीडितले परिवार र समाजबाट अपहेलित हुनुपर्ने डर तथा पीडकले दिने धम्की र प्रलोभनका कारण बलात्कारका घटना सार्वजनिक हुन सकेकाे छैन।

बलात्कारमा मिलापत्र गराए तीन वर्ष जेल

बलात्कारलगायत यौन हिंसामा मिलापत्र हुने र पीडक उम्कने घटना बढेपछि मेलमिलाप गराउनेलाई तीन वर्ष जेल पठाउने थप व्यवस्थासहित अध्यादेश ल्याउन लागिएको हो ।

बलात्कार घटनामा पञ्चायती मिलापत्र

‘प्रदेशसँग आफ्नो प्रहरी प्रशासन नहुँदा बलात्कारीलाई कडा कारबाहीको बन्दोबस्त गर्न सकिरहेका छैनौं। संघीय सरकारले हाम्रो हात बाँधिदिएको छ।’ लालबाबु राउत, मुख्यमन्त्री, प्रदेश २

बलात्कार घटनामा रोकिएन पंचायती मिलापत्र

स्थानीय तहमा न्यायिक समिति गठन गरिएको छ। तर गाउँघरका विवाद त्यहाँसम्म पुग्न नदिई गम्भीर अपराधका घटनामा पनि पञ्चायतीकै माध्यमबाट मिलापत्र गर्ने क्रम बढ्दो छ। यसबाट समाजमा दण्डहीनता बढ्न थालेको छ।

वडाध्यक्षद्वारा कुटपिट: मिलापत्र गर्न प्रहरीकै दबाब, मुद्दा दर्ता गर्न समेत आलटाल

महोतरीको गौशाला–१२ का दिपलाल महतो तीन सातादेखि इलाका प्रहरी कार्यालय ढल्केबार धाउँदै छन्। धनुषाधाम नगरपालिका–९ पूर्वपश्चिम महेन्द्र राजमार्गस्थित घडेरी विवादमा वडा अध्यक्ष संजिव यादवले कुटपिट गरेको उजुरी लिएर इलाका प्रहरीमा आएका महतो निरास हुँदै भने, ‘फोन गर्दा प्रहरीले उजुरी लिएर आउन भन्छ। कार्यालयमा आउदा उजुरी दर्ता नगरी वडा अध्यक्षसँग मिल्न दबाब दिन्छ।’

महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुङ्गिन्छन्

महानगरीय प्रहरी परिसर भक्तपुरमा दर्ता हुने घरेलु हिंसाबाट पीडित महिलाको उजुरीमा मिलापत्र हुने गरेको छ।

रोजगारीका मुद्दा टुंगो मिलापत्रबाट

अहिलेसम्म फौजदारी अपराध मानिँदै आएको वैदेशिक रोजगारीका उजुरी अबदेखि मिलापत्रबाट टुंग्याइने भएको छ।

‘क्षतिपूर्ति’ दिलाएर बलात्कार घटना मिलाउने प्रयास

बाँकेको कोहलपुरमा पीडित पक्षलाई ‘क्षतिपूर्ति’ दिलाएर बलात्कार घटना मिलाउने प्रयास गरिएको छ। गत असार २१ गते अपरान्ह साढे ५ बजेतिर कोहलपुर नगरपालिका वडा नम्बर ११ का ३८ बर्षिय ‘विजय’ भनिने गोबिन्द दमाईले ६ बर्षिया नाबालिकालाई बलात्कार गरेका थिए। घटनालगत्तै फरार भएका उनले पीडित पक्षलाई ‘क्षतिपूर्ति’ वापत लाखौं रकम दिएर मिलाउने प्रयास गरेका हुन्।

बलात्कार घटना मिलापत्र गराउने पक्राउ

गत असारमा मोरङको रंगेलीमा एक किशोरीमाथि भएको बलात्कारको घटनालाई मिलापत्र गराउने सात जनालाई प्रहरीले पक्राउ गरेको छ। बलात्कार जस्तो जघन्य अपराध मिलापत्र गराएका समाजका १० जना अगुवा अग्रसर भएका र पछि उनीहरू फरार भएपछि खोजी गरी रंगेली प्रहरीले सात जनालाई पक्राउ गरेकाे हाे।

यौन दुर्व्यवहारका घटनामा मिलापत्र प्रयास

खोटाङमा बलात्कार प्रयासका घटना आर्थिक प्रलोभनमा मिलापत्र गराउने प्रयास भएको खुलेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ४० वर्षीय निरकुमार विश्वकर्माले १७ वर्षीय युवतीलाई गरेको यौन दुव्र्यवहारका घटनालाई आर्थिक लेनदेनमा मिलाउने प्रयास भएको खुलेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्