८ वैशाख २०८१ शनिबार

नयाँ संक्रमितभन्दा निको हुने झन्डै दोब्बर

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय २० जना कोरोना संक्रमणमुक्त हुँदा १ सय ६८ जनामा संक्रमित थपिएका छन्। ८ सय ५५ जनाको पिसिआर परीक्षण गर्दा १ सय ४८ र १ सय ८३ जनाको एन्टिजेन परीक्षण गर्दा २० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमण : भेरी अस्पतालमा एक पुरुषको मृत्यु

कोरोना संक्रमणबाट नेपालगन्जस्थित भेरी अस्पतालमा थप एक जना पुरुषको मृत्यु भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार मृत्यु हुनेमा बैजनाथ गाउँपालिका वडा नम्बर ४ बाँकेका ५७ वर्षीय पुरुष रहेका छन्।

नियन्त्रणमै आएन कोरोना संक्रमण: भेरी अस्पतालमा एकै रात दुई संक्रमितको मृत्यु

बाँकेमा बढेको कोरोना भाइरस(कोभि-१९)नियन्त्रणमा आउनै सकेको छैन। संक्रमण नियन्त्रणमा नआउँदा दिनहुँ मृत्युदर बढ्दै गएको छ।

प्रदेश १ मा ३६६ संक्रमित

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा १ सय १०, सुनसरीमा ८१, झापामा ५७, धनकुटामा ५, उदयपुर, संखुवासभा र इलाममा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो।

मेडिकल प्रवेश परीक्षामा सहभागिता जनाउने विद्यार्थीको एपेक्सले गर्‍यो निःशुल्क पिसिआर परीक्षण

एपेक्स मेडिकल एन्ड इन्जिनियरिङ्ग एजुकेशन एकेडमीले विद्यार्थीको चिन्ता हटाउन आफ्नाे प्राङ्गणमै स्वाब परीक्षण सेवा निःशुल्क उपलब्ध गराएर विद्यार्थीलाई राहत दिएको मेडिकल परीक्षा तयारीमा रहेको विद्यार्थीहरू बताउँछन्।

प्रदेश १ मा ८ सय ६५ संक्रमित थपिए

प्रदेश १ मा बिहीबार ८ सय ६५ जना संक्रमित थपिएका छन्। २ हजार १ सय १५ जनाको पिसिआर परीक्षण गर्दा ८ सय ६५ जनाको रिपोर्ट पोजेटिभ आएको हो।

खानेपानीमन्त्री थापालाई काेराेना सङ्क्रमण

खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापालाई कोभिड–१९ को सङ्क्रमण भएको छ। उनको पिसिआर परीक्षणमा क्रममा आज बिहान सङ्क्रमण पुष्टि भएको उनका स्वकीय सचिव राजेन्द्र गौतमले जानकारी दिए।

अब २९ अस्पतालबाट पिसिआर परीक्षण

सरकारले पिसिआर परीक्षण २९ अस्पतालबाट गर्ने व्यवस्था मिलाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले पिसिआर परीक्षणका लागि स्थापना गरिएकामध्ये २९ वटा सरकारी प्रयोगशालालाई पिसिआर परीक्षणका लागि तोकेको हो।

अब पिसिआर परीक्षण मात्र एक हजारमा

सरकारले कोभिड–१९ को परीक्षणका लागि गरिने पिसिआर शुल्क समायोजन गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अबदेखि सरकारी प्रयोगशालामा पिसिआर शुल्क एक हजार रुपैयाँ लिने जानकारी दिए। यसअघि पिसिआर परीक्षण शुल्क दुई हजार रुपैयाँ लिने गरेको थियो।

आरडिटीपछि एन्टिजेनमा ध्यान

पिसिआर परीक्षण घटाउँदै लगेको सरकारले ५ लाख मानिसमा एन्टिजेन परीक्षण गर्न लागेको छ। कोभिड–१९ को संक्रमण बढेको सुरुवाती अवस्थामा पिसिआर परीक्षणलाई भन्दा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) लाई प्राथमिकतामा राखेको सरकारले अहिले फेरि एन्टिजेन परीक्षणलाई विशेष प्राथमिकता दिएको छ।

कोरोना परीक्षणमा एन्टिजेन विधि अपनाइने

पिसिआर बिधिबाट कोभिड १९ संक्रमण परीक्षण गर्दै आएकोमा अबदेखि एन्टिजेन विधिबाट परीक्षण हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्