७ वैशाख २०८१ शुक्रबार

वीपीका चिकित्सक एवं कर्मचारीहरुको तलब वृद्धि

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ४३ औं सिनेट बैठकले निर्णय गरेअनुसार चिकित्सक र कर्मचारीहरुको तलब वृद्धि गरिएको छ ।

वीपीका चिकित्सक र कर्मचारीहरूको तलब २० प्रतिशतसम्म वृद्धि

प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले कर्मचारी तथा चिकित्सकहरूलाई आन्तरिक स्रोतबाट तलब वृद्ध गर्ने निर्णय गरेका हुन् । नेपाल सरकारले कर्मचारीहरूको तलब वृद्धि गर्ने निर्णय गरेपछि प्रतिष्ठानका कर्मचारी तथा चिकित्सकहरूले पनि तलब वृद्धिको माग गर्दै आएका थिए । प्रतिष्ठानको ४३ औं सञ्चालक परिषद(सिनेट) बैठकले आन्तरिक स्रोतबाट २० प्रतिशतसम्म तबल वृद्धि गर्नसक्ने निर्णय गरेको थियो । यसअघि तलब वृद्धिबारे स्रोत पहिचान तथा अध्ययन गर्न एक समिति पनि गठन गरिएको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्