१० मंसिर २०८१ सोमबार
image/svg+xml

आलुमा आत्मनिर्भर बन्दै डडेल्धुरा

बेमौसमी आलु खेतीबाट डडेल्धुराका किसानले मनग्य आम्दानी गरेका छन्।  परम्परागत हिउँदेवाली छोडेर जिल्लाका किसान आलु तथा तरकारी खेतीतर्फ आकर्षित भएका छन्।

ताप्लेजुङमा अलैंची पछि आलुको आम्दानी उच्च

हिमाली जिल्ला ताप्लेजुङमा अलैंची पछि उच्च आम्दानी दिनेमा अर्को नगदेवाली आलु थपिएको छ। बर्षेनी तीन अर्ब बराबरको आलु उत्पादन भइरहेको पाइएपछि अलैंची पछि आलुले आम्दानीको मोटो हिस्सा ओगटेको देखाएको छ।

आलुको बीउ बिक्री गरेर मनग्य आम्दानी

शुक्लाफाँटा नगरपालिकाको पिपलाडी र जोनापुरका कृषक आलुको पहिलो पुस्ताको बीउ उत्पादन गरेर आम्दानी लिँदै आएका छन् । कृषि विकास कार्यालयले गठन गरेको कोपिला आलुको बीउ उत्पादन समूहका ८५ कृषकले आलुको टिपिएस बीउ उत्पादन गर्दै आएका छन् ।

कार्यक्रमको सभापति नै आलु !

कुनै पनि औपचारिक कार्यक्रममा उद्घोषकले विशिष्ट व्यक्तिलाई प्रमुख अतिथी वा सभापति राखेर कार्यक्रम सञ्चालन गर्छन् । तर, मंगलबार यस्तो परम्पराभन्दा भिन्न दृश्य देखियो । उद्घोषकले सभापति पनि राखे, प्रमुख अतिथीलाई पनि निमन्त्रणा गरे तर मञ्चमा कुनै व्यक्ति चढेनन् । मञ्चमा सभापतिको आसन आलुले ग्रहण ग¥यो भने भालुको खेलौना प्रमुख अतिथी ।

आलुको  सभापतित्वमा कार्यक्रम

हाँस्य कलाकारको बाक्लो जमघट थियो । जब अजय अधिकारी सुशील मञ्चमा उक्लिएर कार्यक्रम चलाउन थाले । अनि छुट्यो हाँसोको गुन्जायस् । आलुद्वारा निर्मित सालिकलाई सभापति र सभापत्नी बनाइयो। भालुको खेलौनालाई प्रमुख अतिथि । यसपछि त झन हाँसोमय भयो हल नै ।

जनकपुरमा दैनिक रु २५ लाखको आलु प्याज खपत

तराई–मधेसलाई अन्नको भण्डार मानिए पनि अहिले जनकपुरमा मात्र दैनिक लाखौँ रुपैयाँ मूल्य बराबरको आलु र प्याज भारतबाट भित्रिने गरेको छ ।

मुडेको आलु ब्रान्ड नामसहित राजधानीमा

सिन्धुपाल्चोकको स्वच्छ लेकाली हावापानीमा उत्पादित मुडेको आलु 'ट्यागिङ' र 'प्याकिङ' सहितको 'ब्रान्ड' नाममा राजधानी निर्यात हुन थालेको छ। सरकारले 'प्याकिङ' र 'ट्यागिङ' कार्यक्रम दिएपछि यहाँको अर्गानिक उत्पादनले 'मुडे आलु' ब्रान्ड नाम पाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्