साहित्य सन्ध्यालाई यस वर्षको हेमराज पहारी पुरस्कार
हेमराज पहारी स्मृति प्रतिष्ठानले नेपालको प्रगतिशील एवं प्रगतिवादी संस्था साहित्य सन्ध्यालाई ‘हेमराज पहारी स्मृति पुरस्कार’ प्रदान गर्ने भएको छ।
हेमराज पहारी स्मृति प्रतिष्ठानले नेपालको प्रगतिशील एवं प्रगतिवादी संस्था साहित्य सन्ध्यालाई ‘हेमराज पहारी स्मृति पुरस्कार’ प्रदान गर्ने भएको छ।
साहित्य सन्ध्याको बन्दाबन्दीका कारणले खुलारूपमा गर्न नसकिएको नियमित मासिक ४०६ औँ शृङ्खला असार शनिबार भर्चुअल माध्यमबाट प्रविधिमैत्री राष्ट्रिय कवि गोष्ठी सम्पन्न भएको छ । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा कवि गोष्ठी भएको हो । वरिष्ठ कवि विधान आचार्यको प्रविधि संयोजनमा सन्ध्याकी सदस्य जयन्ती स्पन्दनले कार्यक्रम सञ्चालन गरेकी थिइन् । गोष्ठीमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तथा साहित्य सन्ध्याका परिकल्पनाकार गङ्गाप्रसाद उप्रेतीको प्रमुख अतिथिका रूपमा उपस्थिति रहेको थियो ।