२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

अस्ताए पत्रकारिताका स्वप्न–द्रष्टा

नेपाली सञ्चारमाध्यमका एक अनुभवी व्यक्ति, वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको ७२ वर्षको उमेरमा बुधबार निधन भएको छ। लामो समयदेखि मुटुसम्बन्धी रोगबाट ग्रसित शर्माको मनमोहन अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन

७२ वर्षको उमेरमा वरिष्ठ पत्रकार दुर्गानाथ शर्माकाे निधन भएको छ। राजधानीको मनमोहन अस्पतालमा उपचारका क्रममा बुधबार बिहान ११ बजे शर्माको मृत्यु भएको परिवार स्रोतले जनाएको छ। उनी मुटुसँग सम्बन्धित रोगबाट ग्रसित थिए।

प्रमुख प्रतिपक्षी दलका नेता पोखरेलको निधन

प्रदेश नं ५ प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको ८२ वर्षको उमेरमा आज निधन भएको छ। विगत एक वर्षदेखि क्यान्सर रोगबाट ग्रसित पोखरेलको रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ खैरियास्थित आफ्नै निवासमा अपराह्न साढे १ बजे निधन भएको हो।

रहेनन् विश्वकै होचा खगेन्द्र

विश्वकै होचा मानिसका रूपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाएका खगेन्द्र थापामगरको निधन भएको छ। बागलुङ, धुल्लुबासकोट घर भएका खगेन्द्रको शुक्रबार पोखराको मनिपाल शिक्षण अस्पतालमा निधन भएको हो।

गायक निशान भट्टराईको निधन

गायक निशान भट्टराईको निधन भएको छ। दरबारमार्गस्थित एक रेस्टुरेन्टबाट निवास फर्कने क्रममा कार दुर्घटना भई उनको निधन भएको हो।

लामो समय शासन गरेका ओमानका शासकको निधन

अरब विश्वमा सबैभन्दा लामो समय शासन गर्ने शासकमध्येमा पर्ने ओमानका सुल्तान काबुस बिन सइद अल सइदको ७९ वर्षको उमेरमा निधन भएको छ।

समाजवादी पार्टीका केन्द्रीय सदस्य लामिछानेको निधन

समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य महेन्द्रजंग लामिछाने (अमर) को निधन भएको छ। राष्ट्रिय सहकारी महासंघको अधिवेशनमा भाग लिन पर्वतबाट काठमाडौं आएका लामिछाने सार्वजनिक सवारी सधानमा बेहोस भएपछि अस्पताल पुर्‍याइएको थियो। सिभिल अस्पताल पुर्याइएका लामिछानेलाई अस्पतालले मृत घोषणा गरेको थियो। उनलाई हृदयघात भएको चिकित्सकले बताएका छन्।

नेपाल मामला जानकार भारतीय नेता त्रिपाठी रहेनन्

राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) नेता तथा पूर्व सांसद डीपी त्रिपाठीको निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहेका त्रिपाठीको ६७ वर्षको उमेरमा निधन भएको हो। २९ नोभेम्वर १९५२ मा भारतको उत्तर प्रदेशको सुल्तानपुरमा उनको जन्म भएको थियो। त्रिपाठी नेपाल मामला जानकार मानिन्छन्।

अस्ताए ‘छेक्यो छेक्यो देउराली डाँडा’ का सर्जक

नेपाली सांगीतिक ब्यान्ड नेपथ्यको ‘छेक्यो छेक्यो देउराली डाँडा’ गीतका गीतकार सुक गुरुङको आइतबार निधन भएको छ। पोखरा महानगरपालिकाको लेखनाथका बस्दै ५४ वर्षीय गुरुङ पछिल्लो समय मिर्गौला फेल भएर थलिएका थिए।

चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन

कलाकार तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ। उनको आइतबार राति निधन भएको हो। भट्टराई निर्माता तथा कलाकार समेत हुन्।

काठमाडौंका पहिलो मेयरको निधन

तत्कालीन काठमाडौं नगरपालिकाका प्रथम मेयर जनकमान श्रेष्ठको शुक्रबार निधन भएको छ। कलेजोको क्यान्सरबाट पीडित उनको ९२ वर्षको उमेरमा टेकुस्थित आफ्नै निवासमा निधन भएको हो।

वरिष्ठ पत्रकार कसजुको निधन

वरिष्ठ पत्रकार एंव राष्ट्रिय सूचना आयोगका संस्थापक प्रमुख आयुक्त विनय कसजुको ६९ वर्षको उमेरमा निधन भएको छ।

पूर्वप्रहरी महानिरीक्षक हेमबहादुर सिंहको निधन

पूर्वप्रहरी महानिरीक्षक हेमबहादुर सिंहको निधन भएको छ। उनको विहीबार निधन भएको नेपाल प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्