९ मंसिर २०८१ आइतबार
image/svg+xml

स्ट्रबेरी खेती आकर्षणको केन्द्र बन्दै

अनुसन्धानसँगै व्यावसायिक रुपमा गरिएको स्ट्रबेरीखेतीमा सबैको आकर्षण बढेपछि यहाँ काम गरिरहेका युवा उत्साहित छन्।

सिँचाइको व्यवस्थासँगै भरतपुरका जमिन चैते धानले हराभरा

उनले भने, ‘सिँचाइका कारण अहिले हाम्रो जीवनमा नै परिवर्तन आएको महसुस गरेका छौँ।’ सिँचाइ भएसँगै यस क्षेत्रमा बिगौँबिघा धानखेती गर्न किसान आकर्षित भएको उनले बताए।

वर्षा भएपछि फागु छाडेर खेतीमा रम्दै किसान

विदाको सदुपयोग गर्दै बजारक्षेत्रका बालबालिका र युवायुवति रङ खेलेर फागु मनाइरहँदा गाउँवस्तीका किसान भने खेतबारीमा रमाइरहेका छन्।

ताप्लेजुङका किसान पुनः चिराइतो खेतीतर्फ

विगतका वर्षमा चिराइतो खेती नै मुख्य पेसा बनाएका लिम्बूले कोभिड–१९ को समयमा यसको बजार मूल्यमा ह्रास आएपछि खेती गर्न छोडेर अन्य पेसामा लागेका थिए।

व्यावसायिक सुपारी खेतीप्रति किसान आकर्षित

इलामको माई नगरपालिका–९ चिसापानीका किसान श्रीमान् राईले करिब ५० रोपनी जग्गामा सुपारी खेती गरेका छन्।

सूर्योदयमा प्राङ्गारिक चियाखेती अभियान

उनका अनुसार चैत दोस्रो साताबाट चियाको पहिलो टिपाइ सुरु हुन्छ। हरियो चिया उत्पादनको उर्वर समय चैतदेखि असोजसम्मको ६ महिना हो।

किसानलाई आलु खेतीतर्फ आकिर्षत गर्न क्षेत्र विस्तार

बागलुङ आलु खेतीका लागि उर्वर भएकाले कृषि ज्ञान केन्द्रले यस वर्षदेखि क्षेत्र विस्तार गर्न थालेको छ। ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा रु तीन करोड ५० लाख विनियोजन गरेर किसानलाई आलुको बिउ वितरण गरिरहेको छ।

नवलपरासी पूर्वमा सुन्तला जातको फलफूल खेती क्षेत्र दोब्बरले वृद्धि

परम्परागत रुपमा हुँदै आएको सो जातको खेती प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु भएपछि जिल्लामा झण्डै दुई गुणाले बढेको हो।

कफीखेतीबाट वार्षिक १३ लाख आम्दानीः ‘कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ’

उनको बगानमा अहिले छ हजार कफीका बोट छन्। कफीका अधिकांश बोटले आम्दानी दिन थालेको छ। उनले कफीखेतीबाट वार्षिकरूपमा १३ लाखसम्म आम्दानी गर्दै आएका छन्।

विद्यालयपरिसरमै च्याउ र तरकारी खेती : पढ्दै कमाउँदै विद्यार्थी

विद्यालयपरिसरमै च्याउ र तरकारी खेती गरेर म्याग्दीको मंगला गाउँपालिका– २ बाबियाचौर र मालिका गाउँपालिका– ७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि कमाएका छन्।

सामूहिक खेतीबाट आत्मनिर्भर बन्दै महिला

हिमाली जिल्ला मनाङका महिला सामूहिक खेतीमा आकर्षित भएका छन्। नासो गाउँपालिका– १ तालगाउँका महिला सामूहिक खेतीबाट आत्मनिर्भर बन्दै गएका हुन्।

कोशीटप्पुमा चराको सङ्ख्या घट्यो

मिड–विन्टर वाटर वर्ड सेन्सस २०२४ अन्तर्गत यस वर्ष कोशीटप्पु आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५३ प्रजातिका पाँच हजार पाँच सय २७ को सङ्ख्यामा चरा फेला परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्