२४ असार २०८१ सोमबार
image/svg+xml

क्वारेन्टिनमा क्षमताभन्दा तेब्बर व्यक्ति, न शौचालय, न बाथरुम

महोत्तरीको सम्सी गाउँपालिका–२ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा करिब सय जना क्षमता भएको क्वारेन्टिनमा अढाइ सय व्यक्तिलाई राखिएको छ । १२ वटा कोठामा भुइमै ओछयाइएको त्रिपालमा उनीहरू कोच्चिएर बसिरहेका छन् । भारतबाट आएकाहरूमा कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेको हुँदा दुरी कायम गरेर बस्न सरकारले आदेश दिएको विषयमा क्वारेन्टिनका हरेक व्यक्ति ज्ञात छन् ।

आफ्नै कोठाको एटेच बाथरुममा लडी मृत्यु

भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१६ लोकन्थलीस्थित एउटा घरमा डेरा गरी वस्ने सोनाम मल्ल आफ्नै कोठाको एटेच बाथरुममा लडी मृत्यु भएको छ। शान्ता मैनालीको साढे तीन तल्ले पक्की घरको पहिलो तल्लामा डेरा गरी वस्ने स्याङ्गजा देउराली ९ घर हुने वर्ष २५ की मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्