४ वैशाख २०८१ मंगलबार

लकडाउनले होटल र यातायात क्षेत्रमा करोडौं नोक्सानी

जिल्लाका यातायात व्यवसायीलाई पनि लकडाउन अवधिमा १५ करोड रुपैयाँभन्दा बढीको घाटा भएको अनुमान छ। व्यवसायीका अनुसार दिनमा कम्तीमा दुई हजार रुपैयाँ नाफा नभएसम्म कुनै सवारी साधन चल्न सक्दैनन्।

‘लकडाउन खुलेमा पर्यटक आउन तयार छन्’

लकडाउन खुलेमा पदयात्रा र पर्वतारोहणमा १५ देखि २० प्रतिशतसम्म पर्यटक नेपाल आउने सम्भावना देखिन्छ। त्यसैले अगस्टभित्र आन्तरिक र बाह्य उडान खुला हुनुपर्छ। त्यसो भएमा आउँदो सिजन (अक्टुबर र नोभेम्बर)मा पर्यटक आउनेछन्।

दुःखको पहाडले थिचेपछि...

लकडाउनले थलिएका बेला श्रीमती बिरामी भएकाले एक मजदूर जोडी थप तनावमा परेको छ। श्रीमती विपना राईलाई वीर अस्पतालमा उपचार गराउँदै आएका श्रीमान् हिरालाल श्रेष्ठ आर्थिक अभावले बेचैन बनेका छन्।

भृकुटीमण्डप बजार खुल्यो तर बोहनी गर्नै मुश्किल

निम्न वर्गिय समुदायले किनमेल गर्ने बजार भनेर चिनिएको काठमाडौं उपत्यकाको भृकुटीमण्डप बजार खुलेपनि ग्राहक नआउँदा सुनसान छ ।

कोरानाजस्तै वैरी घरधनी

पोखरामा भाडाका घरमा होटल चलाउनेमध्ये करिब ४० प्रतिशतले व्यवसाय छोडिसकेको अवस्था छ। आगामी दिनमा पर्यटन क्षेत्रमा अनुभवी व्यक्तिको अभाव हुनेछ।

संकटमा राउटे

‘कोरोनाले गास छिन्यो, जंगल जान पनि पाइदैंन, शहर पस्न पनि दिँदैनन्,’ मुखिया वीरबहादुर शाहीले भने, ‘जनता (आफ्नो समुदायका मानिस) भोकभोकै हुन लागे, हामीमाथि ठूलो संकट आइलाग्यो।’

‘हे भगवान्, अझै कति दुःख दिन्छौ !’

एक जनाको कमाइले ७ जनाको परिवार पाल्दै आएका पर्वतारोही मौले तामाङ छोराछोरीको भविष्य सम्झेर कहालिन्छन्। डेरामा बसेर जिन्दगी धान्न महिनाको ५० हजार रुपैयाँ खर्च लाग्छ। आफ्नो भन्ने घर छैन, जग्गा छैन, कसरी छोराछोरीको भविष्य बनाउने? यही प्रश्न हरपल घुमिरहन्छ उनको मनमा।

‘लकडाउनले ४ महिना समस्या पार्दैमा घुँडा टेक्दैनौं’

हामीले मध्यमवर्गीय नेपालीले खर्च गर्न सक्ने भाडा दर ल्यायौं भने आधा घन्टा उडेर पुगिने गन्तव्यमा मान्छेहरू घन्टौं लगाएर सडक यात्रा किन गर्लान् र?

‘कलेज बन्द छ, कमाई पनि छैन, बाच्न ग्राहो भयो, घर फर्काइदिनुस्’

कोभिड–१९का कारण लामो समय सम्मको लकडाउनले गर्दा भारतका विभिन्न ठाउँमा उच्च शिक्षा हासिल गर्न गएका नेपाली विद्यार्थीहरू बेखर्ची भएका छन् । आर्थिक संकटका कारण उनीहरूको जिविका धान्न नसक्ने भएको छ । लकडाउनका कारण कलेजहरू सबै बन्द छन् र काम समेत गर्न नपाएपछि विद्यार्थीहरूलाई खर्च धान्नै चुनौती बनेको छ ।

‘लकडाउन खोलेर हवाई उडान थालिहाल्नुपर्छ’

सरकारले ५ प्रतिशत ब्याजमा ऋण दिने भनेको छ, तर कसरी दिने प्रस्ट पारेको छैन। पर्यटन व्यवसायीलाई उसको लगानीअनुसार ऋण उपलब्ध गराउनुपर्छ र ब्याज २ प्रतिशतभन्दा बढी लिनु हुँदैन।

पर्यटन मजदूर सोध्दैछन्, ‘सरकार ! हाम्रो दुःखको सुनुवाइ खोई?’

उनीहरूले आफ्नो प्रोफाइल फोटोको फ्रेममा ‘सरकार हाम्रो दुःखको सुनवाइ खोई ? ‘पर्यटन मजदूरहरूलाई भोकै झुण्डिएर मर भनेको हो?’ भन्ने प्रश्न सोधेका छन्।

लकडाउनमा यातायात व्यवसायीको मर्का : ‘हामी सधैँको पीडित’

सरकारले जोर बिजोर प्रणालीका आधारमा नीजि सवारी साधन सञ्चालन गर्न दिएको छ । सरकारी अनुमती अुनसार अहिले सडकमा नीजि सवारी साधनहरु जोर बिजोर प्रणालीका आधारमा निर्वाधन सञ्चालन भैरहेका छन् । तर ११ चैत देखि लागु भएको लकडाउनका कारण थन्क्याईएका सार्वजनिक सवारी साधन भने अहिले पनि ठप्प छन् ।

लकडाउनका कारण मूल्य दोब्बर भएपछि चल्ला तस्करी बढ्यो

कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा सुरक्षाकर्मीले ध्यान केन्द्रित गरी रहेको बेला कपिलवस्तुमा भने चल्ला तस्करी बढेको छ । कोरोना भाइरसका कारण जारी लकडाउनको फाइदा उठाउँदै तस्करहरू माैलाएका छन्। लकडाउनका कारण नेपालमा बाेइलर कुखुराको उत्पादन घटेकाले मुल्य दोब्बर बढेको छ ।

लकडाउन प्रभाव : पोल्ट्रीमा बीस अर्बको नोक्सान

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोक्न सरकारले देशभरि बन्दाबन्दी लागू गरेको आइतबार ९० दिन अर्थात् तीन महिना पुग्दैछ । बन्दाबन्दीको यो तीन महिनामा पोल्ट्री क्षेत्रमा करिब बीस अर्बको नोक्सान भएको दाबी गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्