२१ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रहरीका १२ इन्काउन्टर ‘फेक’

प्रहरीले इन्काउन्टरका नाममा निःशस्त्र व्यक्तिको हत्या गरेको गुनासोसहित परेका विभिन्न उजुरीमाथि विज्ञ समूहले अनुसन्धान गर्दा ती इन्काउन्टर ‘फेक’ भएको खुेलेको छ। विज्ञ समूहले घटनामा दोषी बहालवाला र पूर्वप्रहरीलाई कारबाही सिफारिस गरेको छ।

प्रहरीले थाल्यो सर्लाही इन्काउन्टरबारे सोधपुछ

नेत्रविक्रम चन्द ’विप्लव’ का तत्कालीन सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको इन्काउण्टरबारे प्रहरी प्रधान कार्यालयले गोप्य सोधपुछ तथा अनुसन्धान थालेको छ। इन्काउन्टरमा संलग्न तीनैजना प्रहरीलाई केन्द्रमा तानेर सात दिनयता अनुसन्धान थालेको हो।

भेटेनरी डाक्टर बलात्कार प्रकरणः चारै अभियुक्तको ‘प्रहरी इन्काउन्टर’मा मृत्यु

एक भेटनरी डाक्टरलाई बलात्कारपछि शरिरमा आगोे लगाउने चार जना अभियुक्त प्रहरी इन्काउन्टरमा मारिएका छन्। भारतको हैदरावादमा हिरासतमा रहेका चार जना आरोपीहरुको इकाउन्टरमा मृत्यु भएको शुक्रबार बिहानै इन्काउन्टरमा मृत्यु भएको इन्डिया टुडेले जनाएको छ।

गृह मन्त्रालयको छानविन टोलीले तथ्य फेला पार्न सकेन

प्रहरी कारबाहीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपा माओवादीका जनकपुर ब्यूरो सदस्य एवं सर्लाही इन्चार्ज कुमार पौडेल मारिएको घटनामा छानविन गर्न सर्लाही आएको टोली रितो हात काठमाडौं फर्किएको छ।

पौडेलको इन्काउन्टर कि हत्या ?

प्रमुख सत्तारूढ दलकै सांसदले प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता कुमार पौडेललाई भिडन्तका नाममा हत्या गरिएको आरोप लगाएका छन्। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेल प्रहरी मुठभेडमा मारिएको भन्दै गृहमन्त्री रामबहादुर थापा र आइजिपी सर्वेन्द्र खनालले जबाफ दिएपछि प्रमुख सत्तारूढ दल नेकपाकै सांसदले आपत्ति जनाएका छन्। उनीहरूले एकतर्फी गोली हानेर पौडेललाई मारेको आरोप लगाएका छन्।

इन्काउन्टरका घटना अध्ययन भइरहेको छः शर्मा

राष्ट्रिय मानवअधिकार आयोग अध्यक्ष अनुपराज शर्माले इन्काउन्टरको संस्कृति विकास हुँदै जाँदा कानुनी राज्यको उपहास हुने बताएका छन् । उनले यसतर्फ सरकार र मातहतका निकायलाई सचेत बन्न सुझाव दिएका छन् ।

गृहमन्त्रीको अभिव्यक्ति विरोधाभाषपूर्ण

गृहमन्त्री रामबहादुर थापाले काठमाडौं काँडाघारीका बालक निशान खड्काको हत्या तथा उनका हत्याको आरोपितको ‘इन्काउन्टर’ का बारेमा विरोधाभाषी अभिव्यक्ति दिएका छन्।

प्रहरी इन्काउन्टर प्रकरण : मृतकका परिवारद्वारा मानवअधिकार आयोगमा उजुरी

भक्तपुरमा प्रहरी इन्काउन्टरमा मारिएका दुई अपहरणकारीको परिवारले गैरन्यायिक हत्या भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।

'निशान हत्या र इन्काउन्टरबारे गृहमन्त्रीले जवाफ दिनुपर्छ'

काँडाघारीका बालक निशान खड्काको अपहरण पछि हत्या र अपहरणमा संलग्नको इन्काउन्टरबारे राष्ट्रिय सभामा प्रश्न उठेका छन्।

शंकाको घेरामा ‘इन्काउन्टर’

महानगरीय प्रहरी अपराध महाशाखाले पेसेवर गुन्डाबाहेक गरेका दुईटा ‘इन्काउन्टर’ विवादित बनेका छन्। २०७४ साउन २३ मा ललितपुरको कुसुन्तीमा लागूऔषधको कुलतमा फसेका युवक प्रवीण खत्री र यही साउन २१ (सोमबार) गते भक्तपुरमा बालक अपहरणपछि हत्या गरी भाग्दै गरेका दुईजनामाथि गरिएको ‘इन्काउन्टर’ विवादमा परेको छ।

भक्तपुरमा प्रहरी इन्काउन्टरमा दुई अपहरणकारीको मृत्यु

अपहरणमा परेका बालकको खोजीको क्रममा भक्तपुरमा प्रहरी र अपहरणकारीबीच मुठभेड भएको छ। मुठभेडको क्रममा दुई अपहरणकारीको मृत्यु भएको छ।

प्रहरी इन्काउन्टरमा मारिए गुन्डा नाइके पुन

एक वर्षयता रुपन्देहीमा भएका दुई हत्या घटनाका प्रमुख योजनाकार मनोज पुन र उनका सहयोगी सोम आले प्रहरी इन्काउन्टरमा मारिएका हुन् । काठमाडौंमा निर्माण व्यवसायी शरद गौचनको हत्या पनि पुनकै योजनामा भएको प्रहरी दाबी छ।

मनोज पुन ‘इन्काउन्टर’ले युवा संघलाई ‘राहत’

युवा संघ नेपालले गुण्डा नाइके मनोज पुन इन्काउन्टरको स्वागत गरेको छ। पुन मंगलबार विहान प्रहरीसँगको इन्काउन्टरमा मारिएका थिए। युवा संघका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारी र कार्यकर्ता बलु पौडेलको हत्याका योजनाकार पुनलाई सजाय दिएको भन्दै युवा संघले प्रहरीलाई धन्यवाद समेत दिएको छ।

प्रहरी इन्काउन्टरमा गुन्डा नाइके मनोज पुन मारिए

प्रहरी इन्काउन्टरमा गुण्डा नाइके मनोज पुन मारिएका छन् । बुधबार बिहान ३ः३० बजे प्रहरीसँगको मुठभेडमा पुन सहित उनका सहयोगी सोम आले पनि मारिएको रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले नागरिकलाई जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्