२४ असार २०८१ सोमबार
image/svg+xml

चिया र अलैँची अनुसन्धान केन्द्रको काम अघि बढ्यो

चिया र अलैँचीको उर्वरभूमि इलाममा यसको अनुसन्धान केन्द्र स्थापना हुने भएको हो। यसले चिया र अलैँचीको उत्पादन र गुणस्तर वृद्धिमा सहयोग पुग्ने छ।

पालिकाको भवन बनाउन स्थानीयले दिए डेढ करोड बढी पर्ने जग्गा निःशुल्क

पालिकाको प्रमुख प्रशासकीय भवन बनाउने प्रयोजनका लागि ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पाँचजनाले डेढ करोड बढी मूल्यको जग्गा निःशुल्क उपलब्ध गराएका छन्।

गाउँमा अस्पताल बनाउन निःशुल्क जग्गा दान

अस्पताल बनाउन लागि बेगखोला देउरालीका लोकबहादुर फगामी, हिमबहादुर फगामी, मेजन फगामीले ५ रोपनी र देउबहादुर गर्बुजा, टुकबहादुर गर्बुजा, दानबहादुर गर्बुजा र जितबहादुर पुर्जाले ४ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन्।

कृषि महिला सहकारीलाई निःशुल्क जग्गा

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका एक दम्पत्तीले कृषि महिला सहकारी संस्थालाई जग्गा प्रदान गरेका छन् । हलेसी कृषि महिला सहकारी संस्थाको भवन निर्माणका लागि स्थानीय जगत बहादुर बस्नेत र बिन्दामायाँ बस्नेतले ५ आना निःशुल्क जग्गा प्रदान गरेका हुन् ।

निःशुल्क जग्गा दिँदा पनि बजेट पाईएन

जिल्ला सदरमुकाम फिदिमको बजार क्षेत्रमा अन्तराष्ट्रिय मापदण्डको खेल मैदान बनाउन जग्गा अभाव भएपछि फिदिम–५ को सरसीउला भन्ने ठाँउका बासिन्दाले निःशुल्क जग्गा दिने घोषणा गरे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्