१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

हाब्रे अध्ययन तथा संरक्षणमा जापानी चिडियाखानाले सघाउने

जापानी सहर फुकुओकाको चिडियाखानाले नेपालको हाब्रे (रेन्ड पान्डा) संरक्षणमा सहयोग गर्ने भएको छ।

रेडपान्डाको बासस्थान सङ्कटमा

जाजरकोटमा बारेकोट, कुशे गाउँपालिका र नलगाड नगरपालिकामा रेडपान्डा पाइने गर्दछ। डोल्पाको मुड्केचुला र जुम्लाको पातारासी र सिञ्जा गाउँपालिकामा रेडपान्डा पाइने गर्दछ।

रेडपान्डा खिच्न जाँदा

पाँचथरमा फालेलुङ गाउँपालिका–६ को दबाइपानी भन्ने ठाउँमा गाडीबाट पुग्दा झमक्क साँझ परेको थियो। यहाँ हाम्रो बसाइ एकजना संरक्षणकर्मी सुनील वान्तवा र वडा अध्यक्ष सुजता बान्तवाको घरमा थियो। पुसको तेस्रो साता यहाँ पुगेर बास बस्नुको उद्देश्य थियो, रेडपान्डा खिच्नु।

रेडपान्डामा ‘जिपिएस कलर’

संकटापन्न वन्यजन्तुका रूपमा रहेको रेडपान्डाबारे विभिन्न किसिमको अध्ययन गर्न ‘जिपिएर कलर’ जडान गरीएको छ । समुदायमा आधारित रेडपान्डा संरक्षण कार्यक्रम सञ्चालन भइरहेको पिआइटी (पाँचथर–इलाम–ताप्लेजुङ) करिडोरअन्तर्गत इलामको सन्दकपुरमा १० वटा रेडपान्डामा जिपिएर कलर जडान गरिएको जनाइएको छ । नेपालमै पहिलोपटक रेडपान्डामा जिपिएस कलर जडान गरिएको हो ।

रेडपान्डालाई मान्छेबाटै खतरा

लोपोन्मुख जनावर रेडपान्डा संरक्षणमा मानवीय गतिविधि नै प्रमुख चुनौती बनिरहेको छ।सरकारी तथा गैरसरकारी संघ–संस्थाले दशकयता यसको संरक्षणमा पहल गरिरहेपनि पर्याप्त हुन सकेको छैन।

रातो हाब्रे जाेगाउन लागिपरे धाँमीझाँक्री

अर्का कालीबहादुर झाँक्री हराउँदै जान थालेको रातो हाब्रे बचाउन सबै तह र तप्काबाट लागि पर्नुपर्ने बेला आएको बताउँछन्। उनले भने, ‘रातो हाब्रे बचाउन एकजुट हौँ। जंगली जनावरको चोरी पैठारी बन्द गर्न साथ दिऔँ।’ धामी झाँक्रीको काम भनेको तँ आँट म पु-याउँला भनेजस्तै हुने भएकोले रातो हाब्रो बचाउन होस्टेमा हैंसे गर्न आतुर रहेको प्रतिक्रिया दिए।

रेडपान्डा संरक्षण चुनौतीपूर्ण

दुर्लभ बन्यजन्तु रेडपान्डाको संरक्षण जुम्लामा चुनौतीपूर्ण बन्दै गएको छ। बासस्थान विनाश, खण्डीकरण, चोरी सिकारी रेडपान्डा संरक्षणमा प्रमुख चुनौती हुन्। रेडपान्डाको चोरी सिकारी नियन्त्रणमा मिडियाको भूमिका विषयक छलफल कार्यक्रममा सहभागीले रेडपान्डा संरक्षणमा चुनौती थपिएको भन्दै चिन्ता व्यक्त गरेका थिए।

कुकुरले मार्‍यो दुर्लभ रेडपान्डा

जिल्लाको माइपोखरीछेउमा कुकुरले आक्रमण गरी लोपोन्मुख वन्यजन्तु रेडपान्डा मारेको छ। कुकुरले आक्रमण गर्दै गरेको भेट्टाएपछि स्थानीय गाडी चालकले कुकुरबाट खोसेर बचाउन खोजेपनि तत्कालै रेडपान्डा मरेको थियो।

विरामी भेटिएको रेडपान्डा मर्‍यो (फोटो फिचर)

भोजपुरको षडानन्द नगरपालिकामा दुर्लभ रेडपान्डा भेटिएको छ।  षडानन्द नगरपालिका ९ किमालुङ्गमा रहेको भालुखोला सामुदायिक वनमा रेडपान्डा भेटिएको हो। सामुदायिक वनको तिनसाझे भन्ने स्थानमा स्थानीय गणेश राईले विरामी अवस्थामा रेडपान्डा भेटेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्