२० आश्विन २०८१ आइतबार
image/svg+xml

मेसी र नेइमारलाई हराउँदै रोनाल्डो बने उत्कृष्ट खेलाडी

लियोनेल मेसीलाई हराउँदै क्रिस्टियानो रोनाल्डो यसवर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन्। बेलायतको लन्डनमा आयोजित पुरस्कार घोषणा कार्यक्रममा उनले मेसी र नेइमाइरलाई हराउँदै वर्षको उत्कृष्ट खेलाडी बन्न सफल भएका हुन्। उनले ४३.१६ प्रतिशत मत प्राप्त गरेका थिए।

मेसीको विश्वकप खेल्ने सपना धुमिल

दक्षिण अमेरिकी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत विहीबार पेरूसँग अंक बाँडेपछि लियोनल मेसी र अर्जेन्टिनाको विश्वकप २०१८ खेल्ने सपना अझ धुमिल बनेको छ ।

जब मेसीले मेसीको चार गोल प्रहार गरे

लियोनल मेसीले ४ गोल थपेको दिन बार्सिलोनाले ला लिगामा शतप्रतिशत नतिजालाई निरन्तरता दिँदै मंगलबार इबरलाई ६–१ ले हराएको छ। पाउलिन्हो र डेनिस स्वारेजले पनि लगातार दोस्रो खेलमा गोल गरेपछि बार्सिलोना लिगको शीर्ष स्थानमा कायम रहेको छ। क्याटलान क्लबले चिर प्रतिद्वन्द्वी रियाल मड्रिडलाई ७ अंकले पछाडि छाडेको छ।

मेसीको ह्याट्रिकले बार्सिलोना शीर्षमा

अगस्टमा निराशाजनक प्रदर्शनबाट पुनरागमन गर्दै बार्सिलोनाले शनिबार स्पेनिस ला लिगाको शीर्ष स्थानमा कब्जा जमाएको छ ।

मेसीको गोलमा बार्सिलोना विजयी

बार्सिलोनाले घरेलु स्पेनिस ला लिगामा लगातार दोस्रो जित हासिल गर्ने क्रममा शनिबार आल्भेसलाई २–० को नतिजामा निराश पारेको छ। अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीले पहिलो हाफमा प्राप्त पेनाल्टी खेर फाले पनि दोस्रो हाफमा दुई गोल गरेपछि बार्सिलोनाको जित सम्भव भएको थियो।

शीर्ष तीनमा बुफोन, मेसी र रोनाल्डो

इटालीका भेट्रान गोलकिपर जियानलुइजी बुफोन मंगलबार लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोसँगै २०१६–१७ सिजनको उत्कृष्ट युरोपेली फुटबलर पुरस्कारका लागि युइएफएको शीर्ष तीन मनोनयनमा परेका छन्।

त्रिशुली अस्पतालमा फार्मेसी सेवा सञ्चालन

नुवाकोटको जिल्ला अस्पताल त्रिशूलीमा फार्मेसी सेवा सञ्चालनमा आएको छ । नेपाल सरकारको निर्णय अनुसार सरकारी अस्पतालले आफैँले अनिवार्य रुपमा फार्मेसी सञ्चालन गर्नुपर्ने भएकोले नेपाल सरकारकै पाँच लाख रुपैयाँको सहयोगमा अस्पतालले फार्मेसी सेवा सञ्चालनमा ल्याइएको हो ।

मेसी सिंगापुर नआउने

सुपरस्टार लियोनेल मेसी अर्को साता सिंगापुरमा हुने मैत्रीपूर्ण खेलमा 'व्यक्तिगत कारण' ले अनुपस्थित हुने आयोजकहरूले बताएका छन्।

दुलहीजस्तै सजाइँदै मेसीको सहर

फुटबल स्टार लियोनल मेसीको घरेलु सहर अहिले उनी र उनकी बाल्यकालदेखिकी प्रेमिका एन्टोनेल्ला रोकुजोको विवाह समारोह लागि दुलहीजस्तै सजाइँदै छ। यसै महिनाको अन्त्यमा हुने उक्त विवाह समारोहलाई दक्षिण अमेरिकामा दशककै विवाहको रूपमा हेरिएको छ।

मेसीको प्रदर्शनमा बार्सिलोनालाई उपाधि

स्ट्राइर लियोनल मेसीको उत्कृष्ट प्रदर्शन गर्दा शनिबार कोपा डेल रे को फाइनलमा आल्भेसलाई ३–१ ले पराजित गर्दै बार्सिलोनाले सिजनको सुखद अन्त्य गर्नुका साथै प्रशिक्षक लुइस इनरिकेलाई बिदाइ पनि सुखद बनाएको छ।

मेसीको जादुमा बार्सिलोना विजयी

अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीको जादुप्रेरित बार्सिलोनाले आइतबार स्पेनिस ला लिगाअन्तर्गत रियाल मड्रिडविरुद्ध सम्पन्न अल क्लासिकोमा ३–२ को रबाफ जमाएको छ।

मेसीको अर्जेन्टिनाले सिंगापुरसँग खेल्ने

लियोनल मेसीको अर्जेन्टिनाले सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। जुनमा अर्जेन्टिनासँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भैसकेको आयोजक सिंगापुरका फुटबल अधिकारीले बुधबार बताएका छन्।

मेसीलाई कारवाही गर्ने निर्णयको बार्सिलोनाद्वारा विरोध

स्पेनिस क्लब बार्सिलोनाले लियोनेल मेसीलाई फिफाले गरेको अनुशासनको कारबाही अन्याय र निराशाजनक भएको बताएको छ।

ब्राजिलले खुशी मनाइरहँदा मेसी निरास

पाँच पटकको विजेता ब्राजिल मंगलबार पाराग्वेमाथि जित हासिल गर्दै अर्को वर्ष रूसमा हुने विश्वकपलाई छानिने पहिलो टिम बन्दा लियोनेल मेसी आश्चर्यजनक रूपमा प्रतिबन्धित भएपछि अर्जेन्टिना भने रोकिएको छ।

मेसीबिनाको अर्जेन्टिना बोलिभियासँग २–० ले पराजित, विश्वकप यात्रा अप्ठ्यारोमा

लियोनल मेसीबिना मैदानमा उत्रिएको अर्जेन्टिना विश्वकप छनौट चरणको खेलमा बोलिभियासँग २–० ले पराजित भएको छ। खेल सुरुहुनुभन्दा केही घन्टा मेसीमाथि फिफाले प्रतिबन्ध लगाएको थियो। विश्वकपमा प्रवेशका लागि संघर्ष गरिरहेको अर्जेन्टिनाका लागि बोलिभियासँगको पराजय निकै महँगो पर्नसक्ने फुटबल विश्लेषकहरुले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्