त्यो ऐतिहासिक नेपाल–चीन सिमाना सन्धि
नेपाल–भारत सिमाना खुला तथा आवतजावत सहज भएका कारण पनि दुई देशबीच सदियौंदेखि बेलाबेला सीमासम्बन्धी विवाद भइरहेको हो। यस विषयमा दुई देशबीच पटकपटक वार्ता भए पनि अहिलेसम्म विवाद साम्य हुन सकेको छैन। नेपालले उत्तरी छिमेकी चीनसँग भने सीमा सम्झौता गरेको छ। तर, ऊसँग पनि सीमाबारे विवाद नभएको होइन।