६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

पाकिस्तानसँग एक एक हिसाब लिन्छाैं : माेदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफूहरुको लडाइँ काश्मिर जनताविरुद्ध नभएको बताएका छन्। पलुवामा घटनापछि काश्मिरी नागरिकमाथि देशका विभिन्न भागमा ज्यादती भइरहेका बेला मोदीले आफूहरु काश्मिरको रक्षाका लागि लडिरहेको बताए। राजस्थानमा चुनावी सभालाई सम्बोधन गर्दै मोदीले भने, ‘हाम्रो लडाइँ काश्मिरका लागि हो। काश्मिरीको विरुद्ध होइन।’

काश्मिरमा भारतीय सैनिकमाथि फेरि आक्रमण, ७ जनाकाे मृत्यु

भारत अधिनस्थ काश्मिरमा पृथकतावादी विद्रोहीसँग भएको भीषण गोली हानाहानमा आइतबार कम्तीमा सात सैनिकको मृत्यु भएको छ।  काश्मिरको पुल्वामा चार दिनअघि पनि विद्रोहीको आत्मघाती आक्रमणबाट ४१ जना अर्धसैनिकको मृत्यु भएको थियो।

काश्मिर आक्रमणको ठूलो मूल्य चुकाउनु पर्छ : भारतीय प्रम माेदी

भारत प्रशासित काश्मिरमा बिहीबार भएको भीषण आक्रमणमा संलग्न आतङ्ककारीलाई इस्लामावादले आश्रय दिएको दाबीपछि शुक्रबार भारत र पाकिस्तानबीचको सम्बन्धले नयाँ मोड लिएको छ। भारत प्रशासित काश्मिरमा भारतीय सुरक्षा अधिकारीहरु लक्षित भीषण आक्रमण तीन दशक यताकै ठूलो रक्तपातपूर्ण भएको बताइएको छ।

काश्मिर आक्रमणमा ४० सैनिकको मृत्यु

भारत प्रशासित काश्मिरमा बिहीबार भारतीय सरकारी सुरक्षा बललक्षित आक्रमणमा परी कम्तीमा ४० जना सैनिकको मृत्यु भएको छ। भारतीय सरकारी सुरक्षा बललक्षित यो एक भीषण आक्रमण हो। श्रीनगर शहरको बाहिरी इलाकाबाट जैस–ए–मोहम्मद इस्लामिक समूहले यस आक्रमणको जिम्मेवारी लिएको छ। करिब २५ सय अर्धसैनिकहरु लिएर गइरेहको ७८ ओटा सवारी साधनलक्षित यो आक्रमण भएको थियो।

काश्मिरमा राष्ट्रपति शासन लागु

भारत प्रशासित काश्मिरमा प्रत्यक्ष शासन लागु भएको छ । मुख्यमन्त्री मेबुबा मुफ्तीले मंगलबार राजीनामा दिएपछि काश्मिरमा प्रत्यक्ष शासन लागु भएको हो।

काश्मिरमा भारतद्वारा एकतर्फी युद्धविराम घोषणा

भारत सरकारले विवादास्पद भूमि काश्मिरमा बुधबार एकतर्फी युद्धविराम घोषणा गरेको छ। मुश्लिम समुदायको एकमहिने पर्व रमजानको अवधिभर काश्मिरमा लडाकूहरूविरुद्ध कुनै सैन्य कारबाही नगर्ने भारतीय पक्षको घोषणा छ।

तीन आतंककारी मारिएपछि काश्मिरको सुरक्षामा कडाइ

भारत नियन्त्रित काश्मिरमा मङ्गलबार लासकार ए तोइबा नामक एक आतङ्ककारी समूहका तीनजना सशस्त्र हतियारधारी मारिएपछि यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको  छ।

काश्मिरमा भारतीय प्रहरीको गोलीबाट एकको मृत्यु, पाँच घाइते

प्राय तनाव भइरहने भारत पाकिस्तान सीमाक्षेत्र काश्मिरमा आइतबार फेरि अर्को झडपमा परी एकजनाको ज्यान गएको छ।  भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागि पाकिस्तानी नागरिकको ज्यान गएको पाकिस्तानी पक्षले जनाएको छ । त्यसमा परी अरु पाँच जना घाइते भएका छन्।

काश्मिरमा फेरि तनाव,गोली चल्दा दुई मारिए

प्राय तनाव नै भइरहने भारत पाकिस्तान सीमाक्षेत्र काश्मिरमा बुधबार फेरि अर्काे झडप भएको समाचार छ । उक्त झडपका क्रममा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागि पाकिस्तानी नागरिकको ज्यान गएको पाकिस्तानी पक्षले जनाएको छ ।

काश्मिरमा भएको बम र गोली प्रहारमा छ भारतीय नागरिकको मृत्यु

-पाकिस्तानको ब्यापारिक सीमाक्षेत्र काश्मिरमा पाकिस्तानतर्फबाट भएको बम र गोली प्रहारमा ६ सर्वसधारण भारतीय नागरिकको मृत्यु भएको भारतीय अधिकारीहरुले जनाएका छन् ।

काश्मिरमा रहेको भारतीय सेना क्याम्पमा आक्रमण

जम्मु कास्मिरको हन्डरवाडामा रहेको एक भारतीय सेनाको क्याम्पमा आक्रमण भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। भारतीय समाचार संस्था पिटिआइले भारतीय सेनाका एक जवानलाई उदृत गर्दै भनेको छ, ‘भारत प्रशासित जम्मु –कस्मिरको हन्डरवाडामा रहेको भारतीय सेनाको क्याम्पमा बिहीबार बिहान ६ बजे चरमपन्थीले आक्रमण गरेका थिए।’

भारत अधिनस्थ काश्मिरमा आक्रमण १७ सैनिकको मृत्यु

भारत अधिनस्थ काश्मिरमा रहेको सैनिक प्रमुख कार्यालयमा आइतबार आतङ्ककारीद्धारा भएको आक्रमणमा परी १७ सेनाले ज्यान गुमाएका छन् ।

काश्मिर झडपमा थप २ सहित ७८ काे मृत्यु

भारत प्रशासित काश्मिरमा मङ्गलबार सुरक्षाकर्मी र आन्दोलनकारी समूहबीच भएको झडपमा परी दुई जना आन्दोलनकारीकोे मृत्यु भएको प्रहरीले जनाएको छ।

काश्मिर ५२ दिनपछि कर्फ्यू मुक्त

भारत अधिनस्थ काश्मिरमा ५२ दिनपछाडि सोमबार कर्फ्यू हटाइएको समचार छ। उत्तरी कश्मिरमा भुर्हान वानी नामक २२ बर्षीय एक युवक मारिएपछि भारत र पाकिस्तानबीच उत्पन्न भएको तनावको कारण त्यहाँ ५२ दिन अघिदेखि कर्फ्यू लगाउँदै आइएको थियो।

काश्मिरमा हिंसा भड्कियो २३ जनाको मृत्यु

भारत प्रशासित क्षेत्र काश्मिरमा भड्किएको दंगामा मृत्यु हुनेको संख्या २३ पुग्नुका दुई सय भन्दा बढी मानिस घाइते भएको भारतीय संचार माध्यमले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्