लकडाउनले थलिँदै उदयपुर सिमेन्ट
दक्षिण एसियामै गुणस्तरीय मानिने गैंडा छाप सिमेन्ट उत्पादक उसिउलि लामो प्रयासपछि विगत ५ वर्षयता बौरिन थालेकै अवस्थामा विश्वव्यापी कोरोना कहरले फेरि थला पर्न लागेको हो।
दक्षिण एसियामै गुणस्तरीय मानिने गैंडा छाप सिमेन्ट उत्पादक उसिउलि लामो प्रयासपछि विगत ५ वर्षयता बौरिन थालेकै अवस्थामा विश्वव्यापी कोरोना कहरले फेरि थला पर्न लागेको हो।
सरकारी स्वामित्वको गैंडा छाप सिमेन्ट उत्पादक उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) कोरोना भाइरस (कोभिड–१९) को लकडाउनलाई चिर्दै उत्पादन र बिक्री गर्दैछ । चैत ११ देखि जारी लकडाउनलाई छिचोल्दै उसिउलिले जेठ दोस्रोसाता ६६ औं दिनदेखि मौज्दात सिमेन्ट बिक्री थालेको थियो ।
कोरोना भाइरस (कोभिड–१९) को लकडाउनले बन्द पूर्ण सरकारी स्वामित्वको गैंडा छापको उत्पादक उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) शुक्रबारदेखि सुचारु भएको छ । पछिल्लो ३ सातायता नयाँ संक्रमित नभेटिएसँगै उदयपुरमा कोरोना नियन्त्रणोन्मुख भएको निश्कर्ष निकालिएसँगै लकडाउनको अवरुद्ध भएको ६७ औं दिन सुचारु गर्न फाईरिङ भएको छ ।