१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

म्याग्दीमा संस्थागत प्रसूति सेवा लिने दर ९९ प्रतिशत

सुत्केरी भएपछि पनि तीन पटक सुत्केरी जाँच गर्नेलाई थप एक क्रेट अण्डा, एक किलोग्राम सर्वोत्तम पिठो र बच्चालाई न्यानो कपडा दिने गरिएको छ।

पोषिलो खानेकुरासहित सुत्केरी भेट

लकडाउनकै बीचमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा सुत्केरी भेट गरिएको छ । साविकको खाल्ले–२ की ३९ दिनकी सुत्केरी ज्ञानकुमारी घिमिरे (ढुंगाना)लाई पोषिलो खानेकुरासहित सुत्केरी भेट गरिएको हो ।

पोषिलो खानेकुरा दिन ‘सुत्केरी भेट’

कुनै महिलाले भाले बोकेका छन्, कुनैले सागपात । कसैको हातमा चामल छ, कसैको हातमा फलफुल र गेडागुडी । यसरी पोषिलो खानेकुरा बोकेर लामवद्ध हिँडिरहेका महिलाको दृश्या खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको हो । भीडमा स्वास्थ्यचौकी खाल्लेका एचए सन्तोष भट्टराई, महिला स्वास्थ्य स्वयंसेविका गोमादेबी अधिकारी लगायत छन् । भाले, चामल, गेडागुडी, फलफुल र सागपात बोकेको टोली बिहिबार साविकको खाल्ले–५ की सुत्केरी महिला लिला कट्वाललाई भेट गर्नका लागि भेला भएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्