दूधको अनुदानमा निरन्तरता

दूधको अनुदानमा निरन्तरता

आइतबार, २९ असार २०७६

दूध उत्पादन र बजारीकरण सहकारीमा आवद्ध कृषकलाई प्रदेश ३ सरकारले एक करोड ५५ लाख रुपैयाँ प्रतिफलमा आधारित प्रोत्साहन अनुदान (आउटपुट...

सहकारी संस्थाबाट १५ लाख चोरी

सहकारी संस्थाबाट १५ लाख चोरी

बिहिबार, २६ असार २०७६

काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित डियोदय बहुउद्देश्यीय सहकारी संस्थाबाट १५ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। ...

धमाधम मर्ज हुँदै सहकारी

धमाधम मर्ज हुँदै सहकारी

शुक्रबार, ०६ असार २०७६

पूर्वी चितवनका तीनवटा सहकारीले गएको जेठ २७ गते एकीकरण गरे। रत्ननगर नगरपालिका वडा नं ६ को बछौली नारी बचत तथा...

समृद्ध नेपालका लागि गरिबी अन्त्य गर्नुपर्छ : मन्त्री अर्याल

समृद्ध नेपालका लागि गरिबी अन्त्य गर्नुपर्छ : मन्त्री अर्याल

बिहिबार, ३० जेठ २०७६

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले समृद्ध नेपाल बनाउन गरिबीको अन्त्य गर्नुपर्ने बताएकी छिन् । काठमाडौंमा बुधबार...

सबै प्रकारका गरिबीबाट मुक्त नेपाल बनाउने अभियानमा छौंः मन्त्री अर्याल

सबै प्रकारका गरिबीबाट मुक्त नेपाल बनाउने अभियानमा छौंः मन्त्री अर्याल

बुधबार, २९ जेठ २०७६

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीमार्फत कृषिमा आत्मनिर्भर हुन सकिने बताएकी छन्।  ललितपुर जिल्ला बचत तथा ऋण संघको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सहकारीले उत्पादन बढाएर कृषिको व्यापारघाटा कम गर्नुपर्ने बताइन्। ‘अब सहकारी साना साना उद्योगदेखि ठूला प्रोजेक्टसम्म लगानी गर्नै पर्छ’ उनले भनिन्। उत्पादनमा जान सहकारी ऐन र नियमावलीमा समस्या भए संशोधन गर्न तयार रहेको उनको भनाइ छ।

धादिङका किसानले पाए मल

धादिङका किसानले पाए मल

बिहिबार, २३ जेठ २०७६

बजारमा मल नपाएपछि जिल्ला प्रशासन कार्यालय धादिङ घेराउ गर्न पुगेका किसानले मल पाएका छन्।

सहकारीले रकम हिनामिना गरेपछि...

सहकारीले रकम हिनामिना गरेपछि...

बिहिबार, १६ जेठ २०७६

नेपालगन्ज, पुरैनाका फायद्धिन अचेल दिनहुँ सहकारी वित्तीय संस्था लिमिटेड कार्यालयमा धाईरहेका छन्। दुःख, मेहेनत गरी कमाएर बचत गरेको रकम नेपालगन्जस्थित सहकारी वित्तीय संस्था लिमिटेडले हिनामिना गरिदिएको हल्ला सुनेपछि उनी दिनहुँ कार्यालयमा धाउन थालेका हुन्। उक्त सहकारीमा आफुले ३ लाख ८५ हजार जम्मा गरेको फायद्धिनले सुनाए।

सुरक्षागार्ड हजुरआमा

सुरक्षागार्ड हजुरआमा

शनिबार, ११ जेठ २०७६

शरीरमा कालो युनिफर्म। खुट्टामा कालै रंगको छालाका बुट। अनि हातमा स्क्यानर मेसिन। पाटनढोकास्थित गणेश मन्दिर नजिकै रहेको नव युवा बचत तथा सहकारी संस्थामा सुरक्षा गार्डको रूपमा कार्यरत छिन्, मनमाया महर्जन (६०) गेटअगाडि यही अवस्थामै भेटिन्छिन्।

सहरकारीमार्फत कृषिमा आत्मनिर्भर

सहरकारीमार्फत कृषिमा आत्मनिर्भर

आइतबार, ०५ जेठ २०७६

मौरीपालक महिलाले आफ्नो छुट्टै सहकारी स्थापना गरेर व्यवसाय व्यवस्थित गरिरहेका छन्। किसानबाट सहकारीमा वार्षिक रुपमा ६० टन मह उत्पादन गरेको सहकारीकी व्यवस्थापक देवी ओलीले बताइन्।

डेढ सय सहकारीको सम्पत्ति रोक्का

डेढ सय सहकारीको सम्पत्ति रोक्का

बुधबार, ०१ जेठ २०७६

–विभिन्न मितिमा कोषबाट लगेको १९ करोड ४३ लाख कर्जा समयमा नतिरेपछि सम्पत्ति रोक्का गरिएको हो।

‘सहकारीमा बदमासी गर्नेलाई कारबाही’

‘सहकारीमा बदमासी गर्नेलाई कारबाही’

बुधबार, २५ बैशाख २०७६

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीमा बदमासी गर्नेलाई कारबाही गर्ने बताएकी छन्। सहकारीमा एक ठाउँमा बदमासी गरेर अर्को ठाउँमा पुगेर ऋण लिने प्रवृत्ति बढेको भन्दै यसलाई रोक्न अुनगमन बढाउने मन्त्री अर्यालले बताइन्। सहकारी नियमावलीमा व्यवस्था गरिएको कर्जा सूचना केन्द्रले पनि यो प्रवृत्ति रोक्न टेवा पुग्ने उनको दाबी छ।

करोडौं लिएर सहकारी सञ्चालक फरार

करोडौं लिएर सहकारी सञ्चालक फरार

बुधबार, २५ बैशाख २०७६

ठूलो सहकारी संस्थाको श्रेणीमा रहेको वीरगन्जको लिंकरोडस्थित प्राइम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक बचतकर्ताको करोडौं रुपैयाँ लिएर फरार भएका छन। स्थानीयले सहकारीमा जम्मा गरेको आठ करोडभन्दा बढी रुपैयाँ लिएर सञ्चालक फरार भएका हुन्।

‘आर्थिक समृद्धिको आधार सहकारी’

‘आर्थिक समृद्धिको आधार सहकारी’

आइतबार, २२ बैशाख २०७६

सरकारले सहकारीसमेत परिचालन गरी फराकिलो आधारसहितको उच्च आर्थिक वृद्धिदर हासिल गर्ने बताइरहँदा सहकारी क्षेत्रका सरोकारवालाले मुलुकको आर्थिक समृद्धिको आधार सहकारी क्षेत्र हुने बताएका छन्। सहकारी विभागको सहयोगमा नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ र जिल्ला बहुउद्देश्यीय सहकारी संघ बागलुङ शनिबार बागलुङमा आयोजित कार्यक्रममा यस्तो धारणा राखेका हुन्।

सहकारीको सेवामा फड्को

सहकारीको सेवामा फड्को

बिहिबार, १९ बैशाख २०७६

मुलुकको अर्थनीतिमा सरकारले सहकारी क्षेत्रलाई पनि एक खम्बाको रुपमा राखेपछि यो क्षेत्र फस्टाएको छ। सहकारी संस्थाहरुले पछिल्लो समय वित्तीय सेवामा फड्को मारेका छन्।

समुन्द्री दिदी

समुन्द्री दिदी

आइतबार, १५ बैशाख २०७६

वैवाहिक बन्धनमा बाँधिएको दशक नबित्दै पतिको हत्या भयो। एकातिर, नाबालक छोराको लालनपालनको जिम्मेवारी अनि अर्कोतिर, पतिसँग छुट्टिनु पर्दाको वियोगात्मक पीडाले एक गृहिणी महिलालाई सम्हालिन कम्ता गाह्रो थिएन। तर, उनले हिम्मत हारिनन्।

स्थानीय मौलिक उत्पादनको प्रवर्द्धनमा जोड

स्थानीय मौलिक उत्पादनको प्रवर्द्धनमा जोड

बिहिबार, १२ बैशाख २०७६

सहकारी संस्थाले स्थानीय स्रोत र साधन परिचालन गर्दै मौलिक उत्पादन प्रवद्र्धनका लागि लगानी गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन्। भक्तपुरको मौलिक काष्ठकला, चित्रकला, मुकुन्डो कला, मृतिकाकलालगायत अन्य विविध कला र सीपसम्बन्धी तालिम सञ्चालन गरी नगरवासीमा रोजगारीको अवसर सिर्जना गर्न सहकारी संस्थाले भूमिका खेल्नुपर्नेमा पनि उनीहरुले जोड दिए।

एउटा सहकारीको ऋण नतिरी अर्कोबाट नपाइने

एउटा सहकारीको ऋण नतिरी अर्कोबाट नपाइने

सोमबार, ०९ बैशाख २०७६

सहकारी संस्था खोलेर त्यसैको नाममा ठगी गर्ने, बढी ब्याज लिने र बचत रकम लिएर बेपत्ता हुनेलाई सरकारले कडा कारबाही गर्ने प्रावधानसहितको सहकारी नियमावली सार्वजनिक गरेको छ। ओरण्टल को–अपरेटिभजस्ता सहकारीले धेरै निक्षेपकर्ताको रकम गलत रुपमा प्रयोग गरेका कारण लामो समयदेखि पीडित बनेर बस्नु परेको छ। यस्तै अन्य सहकारी संस्थाले समेत तोकिएअनुसार काम नगर्ने र आर्थिक अपचलन गर्ने पाइएपछि सरकारले कडा नीति अख्तियार गरेको हो।

दुई करोड लगानीमा उद्योग स्थापना गरिँदै

दुई करोड लगानीमा उद्योग स्थापना गरिँदै

आइतबार, ०८ बैशाख २०७६

पशुपालनका लागि आवश्यक आहार उत्पादन गर्न आहार उद्योग स्थापना गर्ने तयारी सुरु गरिएको छ। राप्ती नगरपालिका–४ को भवानीपुरमा पशु आहार उद्योग निर्माण गर्न लागिएको हो। दुग्ध उत्पादक सहकारी संस्थाले प्रदेश सरकार र स्थानीय सरकारसँगको साझेदारीमा उद्योग स्थापनाको काम अघि बढाएको छ।

आइजिआई–भरपर्दो कृषक सम्झौता

आइजिआई–भरपर्दो कृषक सम्झौता

बिहिबार, ०५ बैशाख २०७६

आइएमई जनरल इन्स्योरेन्स (आइजेआई) लिमिटेड र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच एक सम्झौता भएको छ।

निष्क्रिय सहकारी संस्था पुनः सञ्चालन

निष्क्रिय सहकारी संस्था पुनः सञ्चालन

मङ्गलबार, ०३ बैशाख २०७६

खोटाङमा आठ वर्षसम्म निष्क्रिय रहेको सहकारी संस्थालाई पुःन सञ्चालनमा ल्याइएको छ। २०६६ सालमा सहकारी डिभिजन कार्यालय उदयपुरमा दर्ता गरेर वर्षदिनसम्म सञ्चालन गरेपछि बन्द भएको प्यारागन सहकारी संस्थालाई पुःन सञ्चालनमा ल्याइएको हो।

ओलीको प्रश्नः विषादी हालेर फर्सीजत्रो सुन्तला बनाएपछि स्वाद कहाँबाट आउँछ?

ओलीको प्रश्नः विषादी हालेर फर्सीजत्रो सुन्तला बनाएपछि स्वाद कहाँबाट आउँछ?

मङ्गलबार, १९ चैत २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीले ठूलो मात्रामा कृषि उत्पादन गर्नुपर्ने बताएका छन्। ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सहकारीले ठूला फाँटमा धेरै उत्पादन गरेर किसानलाई पनि समृद्ध बनाउनु पर्नेमा जोड दिए। ‘हाम्रो अहिले समस्याको रुपमा रहेको खेतीको खण्डिकरणलाई रोक्नुपर्छ। चक्ला खेती सुरु गर्नु पर्दछ’, उनले भने, ‘भूगोल अनुसार जे बाली उत्पादन हुन्छ। त्यो ठूलो मात्रामा उत्पादन गर्नु पर्दछ। जसले गर्दा बजारीकरणमा समस्या हुँदैन।’

‘आर्थिक विकासका लागि सहकारीको एकीकरण अपरिहार्य, सरकारले सहुलियत दिने’

‘आर्थिक विकासका लागि सहकारीको एकीकरण अपरिहार्य, सरकारले सहुलियत दिने’

मङ्गलबार, २८ फागुन २०७५

सहकारीको गुणात्मक विकासका लागि एकीकरण अपरिहार्य भइसकेको काठमाडौंमा आयोजित एक कार्यक्रममा वक्ताहरुले बताएका छन्। नेपाल सहकारी पत्रकार समाज(सिजेएन) र सहकारी विभागको संयुक्त आयोजनामा भएको ‘सहकारी एकीकरण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारी एकीकरणका धेरै जटिलता रहेको बताए। सिद्वान्तभन्दा व्यवहारिकरुपमा सहकारी एकीकरण गर्न चुनौती भएको उनीहरुको भनाई थियो।

फाइनान्स र सहकारी एकै होइनन्

फाइनान्स र सहकारी एकै होइनन्

मङ्गलबार, २८ फागुन २०७५

फाइनान्स कम्पनी र वचत तथा ऋण सहकारीको मुख्यकार्य निक्षेप संकलन र कर्जा प्रवाह गर्ने रहेकाले आम मानिसहरुले यी दुवै संस्थाहरुलाई एकै तवरले बुझ्ने गरेको पाइएको छ । यसका अतिरिक्त यी दुवै संस्थालाई समानान्तर रुपमा अथ्र्याइएको पाइन्छ । यसै सन्दर्भमा केही प्रसंगहरु यहाँ उल्लेख गर्न आवश्यक देखिन्छ ।

‘सहकारीमार्फत महिलालाई उद्यमी बनाउनु पर्छ’

‘सहकारीमार्फत महिलालाई उद्यमी बनाउनु पर्छ’

सोमबार, २७ फागुन २०७५

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्यालले सहकारीमार्फत महिलालाई उद्यमी बनाउनु पर्ने बताएकी छन्। मन्त्री अर्यालले सहकारीको पुँजी परिचालन महिलालाई सीप सिकाई आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिइन्।

सहकारीका ३१ चिया प्रशोधन उद्योग

सहकारीका ३१ चिया प्रशोधन उद्योग

आइतबार, २६ फागुन २०७५

व्यक्तिगत लगानीमा सञ्चालित चिया उद्योगबाट हरियो चियापत्तीको उचित मूल्य नपाएपछि चिया सहकारीको पहलमा ३१ उद्योग खुलेका छन्।

‘सहकारीको परिवर्तनले समृद्धिको सपना पूरा हुन्छ’

‘सहकारीको परिवर्तनले समृद्धिको सपना पूरा हुन्छ’

शनिबार, २५ फागुन २०७५

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले राजनीतिक परिवर्तनसँगै सहकारी क्षेत्रले काम र लगानीमा परिवर्तन ल्याए समृद्धिको सपना पूरा हुने बताएका छन्। जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरद्वारा आयोजित दुईदिने कार्यशाला गोष्ठीको शुक्रबार हेटौंडामा उद्घाटन गर्दै उनले सहकारी बचत र ऋण लगानीबाटै माथि उठ्न ढिला गर्न नहुनेमा जोड दिए।

सहकारीकी व्यवस्थापकले पाइन् सफाइ

सहकारीकी व्यवस्थापकले पाइन् सफाइ

मङ्गलबार, २२ माघ २०७५

खोटाङमा सहकारीको रकम ठगी मुद्दाका आरोपितले अदालतबाट सफाइ पाएका छन्। केपिलासगढी गाउँपालिका–४, बाक्सिलास्थित रावा तावा बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक सरला राईलाई खोटाङ जिल्ला अदालतले उक्त मुद्दामा सफाइ दिएको हो।

सहकारीमार्फत आत्मनिर्भर बन्नुपर्नेमा जोड

सहकारीमार्फत आत्मनिर्भर बन्नुपर्नेमा जोड

आइतबार, २२ पुष २०७५

सहकारी क्षेत्रको पुँजीलाई उत्पादमूलक क्षेत्रमा प्रयोग गरेर उत्पादन वृद्धि गरी मुलुकलाई आत्मनिर्भर बनाउनु पर्ने सहकारीका सरोकारवालाले जोड दिएका छन्। राष्ट्रिय सहकारी बैंक लिमिटेडको १५औं साधारण सभाका अवसरमा शनिबार आयोजित कार्यक्रममा सहकारीकर्मीदेखि सरकारी अधिकारीले दैनिक जीवनमा प्रयोग हुने वस्तु विदेशी आयातमा निर्भर हुँदा मुलुकको व्यापार घाटा बढेकोमा चिन्ता व्यक्त गरे।

अब सहकारीमा पनि सूचना अधिकारी अनिवार्य !

अब सहकारीमा पनि सूचना अधिकारी अनिवार्य !

शुक्रबार, २० पुष २०७५

राष्ट्रिय सूचना आयोगले सहकारी संस्थामा सूचना अधिकारी हुनुपर्ने जनाएको छ। ‘अब सहकारीमा सूचना अधिकारी तोकेकै हुनुपर्छ। हरेक सूचना सार्वजनिक गरेकै हुनुपर्छ’, शुक्रवार राजधानीमा सहकारी पत्रकार समाज र सहकारी विभागद्वारा संयुक्त रुपमा आयोजित सहकारीमा सूचनाको हक विषयक छलफल कार्यक्रममा प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले भने। सहकारीले आफूले गरेका गतिविधि सार्वजनिक गर्नुपर्ने उनको भनाई छ।

नियमावली नआउँदा सहकारी क्षेत्रमा अन्योल

नियमावली नआउँदा सहकारी क्षेत्रमा अन्योल

शुक्रबार, २० पुष २०७५

सरकारले सहकारी नियमावली नल्याउँदा यस क्षेत्रमा अन्योल बढेको छ। सहकारी ऐन, २०७४ आएको एक वर्ष पूरा भए पनि नियमावली नआउँदा अन्योल बढेको हो। नियमावली नल्याउँदा सहकारीलाई दिने छुट, सुविधा, सहुलियत, एकीकरण, विघटन तथा दर्ता खारेज, बचत तथा कर्जा सुरक्षण कोष, स्थिरीकरण कोष खडा गर्ने, कर्जा सूचना केन्द्र स्थापना, कर्जा असुली न्यायाधीकरण लगायत विषय अस्पष्ट छ।

सहकारीमार्फत समृद्धि सम्भव

सहकारीमार्फत समृद्धि सम्भव

मङ्गलबार, १८ मङि्सर २०७५

सहकारीका सरोकारवालाले सहकारीमार्फत मुलुकको आर्थिक समृद्धि गर्नुपर्नेमा जोड दिएका छन्। सहकारीको माध्यमबाट विचौलियाको अन्त्य गर्दै विपन्न समुदाय र उपभोक्तालाई राहात दिनुपर्ने बताए।

समृद्धिका लागि सहकारीले ठुला उद्योग खोल्नुपर्छ : मुख्यमन्त्री पौडेल

समृद्धिका लागि सहकारीले ठुला उद्योग खोल्नुपर्छ : मुख्यमन्त्री पौडेल

शुक्रबार, ३० कार्तिक २०७५

तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समृद्धिका लागि सरकारको तीन खम्बे अर्थ नीतिमध्ये एउटा रहेको सहकारीले ठुल्ठुला उद्योग खोल्नुपर्ने बताएका छन्। मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको शुक्रबार हेटौंडामा २६ औं वार्षिक साधारण सभा तथा रजत महोत्सवको उद्घाटन गरेपछि उनले अब सहकारीलाई कोठामा थुनेर राख्न नहुनेमा जोड दिए।

‘सहकारी क्षेत्रका लागि कोपोमिस अत्यावश्यक’

‘सहकारी क्षेत्रका लागि कोपोमिस अत्यावश्यक’

शुक्रबार, ३० कार्तिक २०७५

‘कोपोमिस कार्यान्वयनमा ल्याउन सहकारीकर्मी उत्साहित छन्, विभाग तथा मन्त्रालयले नै कार्यान्वयन गर्न जोड दिनुुपर्छ, सरोकारवाला निकायको समन्वयबाट मात्र कोपोमिस कार्यान्वयन सम्भव छ।’

सहकारीमार्फत कृषिमा ५४ अर्ब लगानी

सहकारीमार्फत कृषिमा ५४ अर्ब लगानी

बुधबार, १४ कार्तिक २०७५

कृषिमा सहकारीको लगानी बढेको छ । मुलुकमा कृषि सहकारी खोल्ने क्रम बढेसँगै कृषि क्षेत्रमा यसको लगानी करिब ५४ अर्ब रुपैयाँ पुगेको नेपाल कृषि सहकारी केन्द्रीय संघले जनाएको छ।

सहकारीमार्फत कृषिको व्यवसायीकरणः प्रधानमन्त्री

सहकारीमार्फत कृषिको व्यवसायीकरणः प्रधानमन्त्री

शनिबार, २७ असोज २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको व्यवसायीकरण र आधुनिकीकरण गर्न सहकारीलाई साथमा लिएर अघि बढ्ने बताएका छन्। बहुसंख्यक नेपाली कृषिमा लागे पनि त्यस अनुसार प्रतिफल नआएको भन्दै उनले निर्वाहमुखी कृषि प्रणालीमा सुधारको आवश्यकता रहेको उल्लेख गरे।

कृषिको उत्पादन र उत्पादकत्व बढाउन इजरायलबाट सिक्नुपर्छ : प्रम ओली

कृषिको उत्पादन र उत्पादकत्व बढाउन इजरायलबाट सिक्नुपर्छ : प्रम ओली

शनिबार, २७ असोज २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई आधुनिकीकरण गर्न सहकारीको भूमिका महत्वपूर्ण भएको बताएका छन्।

शिक्षकको सहकारीको पुँजी १९ लाख

शिक्षकको सहकारीको पुँजी १९ लाख

मङ्गलबार, २३ असोज २०७५

खोटाङका शिक्षकले स्थापना गरेको शिक्षक हित बचत तथा ऋण सहकारीको पुँजी १९ लाख नाघेको छ।

सहकारीमा महिला सहभागिता बढ्दै

सहकारीमा महिला सहभागिता बढ्दै

सोमबार, १५ असोज २०७५

आइतबार हरिवनस्थित सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा स्थलमा पुरुषको तुलनामा महिलाको संख्या निकै बढी देखिन्थ्यो। ग्रामीण स्वयं सेवक समाजको सभाहलमा भएको कार्यक्रममा महिलाको उपस्थिति खचाखच थियो ।

सहकारीमार्फत आर्थिक समृद्धि

सहकारीमार्फत आर्थिक समृद्धि

आइतबार, ३१ भदौ २०७५

सरकारले तीन खम्बे अर्थनीति अंगिकार गरेकाले सहकारी क्षेत्र मुलुकको आर्थिक समृद्धिको सारथी बन्न सक्ने सहकारीका सरोकारवालाले बताएका छन् । सहकारीमार्फत पुँजी, सीप परिचालन गरेर उत्पादन बढाएर समृृद्धिमा पुग्न सकिने बताए।

सहकारी अवलोकन गर्न श्रीलंकाली टोली नेपालमा

सहकारी अवलोकन गर्न श्रीलंकाली टोली नेपालमा

मङ्गलबार, २६ भदौ २०७५

यहाँका सहकारीले सञ्चालन गरेका कार्यक्रम र समग्र सहकारी अभियानबारे जानकारी लिन श्रीलंकाका सहकारीकर्मीको टोली नेपाल आएको छ ।

सहकारी नियमन गर्न कठिनाइ

सहकारी नियमन गर्न कठिनाइ

मङ्गलबार, १९ भदौ २०७५

स्थानीय तहलाई हस्तान्तरण गरिएको सहकारीको नियमित नियमन गर्न कठिनाइ देखिएको छ।

धरौटीमा छुटे सहकारीका प्रबन्धक

धरौटीमा छुटे सहकारीका प्रबन्धक

आइतबार, ०३ भदौ २०७५

जिल्ला अदालत महोत्तरीले पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक विमल प्रसाद आचार्यलाई धरौटीमा रिहा गरेको छ।

सहकारीका माध्यमबाट गरिबी निवारण : सहकारी मन्त्री

सहकारीका माध्यमबाट गरिबी निवारण : सहकारी मन्त्री

शुक्रबार, ०१ भदौ २०७५

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीका माध्यमबाट गरिबी निवारण गर्न सकिने बताएकी छिन्।

चितवनमा सहकारी लक्षित चाेरी बढ्दाे

चितवनमा सहकारी लक्षित चाेरी बढ्दाे

आइतबार, २० साउन २०७५

भरतपुर महानगरपालिका–१२, पारिजात टोलमा रहेको प्रभात दिदीबहिनी वचत तथा ऋण सहकारी संस्थामा यही साउन १३ गते राति चोरी भयो।

मन्त्रिपरिषद बैठक : कृषि, भूमि तथा सहकारी मन्त्रालय फुट्यो, नयाँ मन्त्री को ?

मन्त्रिपरिषद बैठक : कृषि, भूमि तथा सहकारी मन्त्रालय फुट्यो, नयाँ मन्त्री को ?

बिहिबार, १० साउन २०७५

सरकारले कृषि, भूमि तथा सहकारी मन्त्रालय फुटाएको छ। स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्याललाई फूल मन्त्री बनाउन विहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय फुटाएको हो।

३२ हजार सहकारी स्थानीय तहमा हस्तान्तरण

३२ हजार सहकारी स्थानीय तहमा हस्तान्तरण

सोमबार, ३२ असार २०७५

संघीय सरकारले करिब ३२ हजार सहकारी स्थानीय र प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । सहकारी ऐनमा नियमन गर्ने अधिकार तीनै तहका सरकारलाई प्रदान गर्ने नीतिगत व्यवस्था गरेसँगै सम्बन्धित सरकारलाई सहकारी जिम्मा लगाइएको हो।

डोल्पाका सहकारी संस्था स्थानीय सरकारको जिम्मामा

डोल्पाका सहकारी संस्था स्थानीय सरकारको जिम्मामा

सोमबार, ०४ असार २०७५

डोल्पाका सम्पूर्ण सहकारी संस्थाहरूको जिम्मा तथा अभिलेख स्थानीय तहलाई दिइएको छ।

आर्थिक समृद्धिका लागि सहकारी अपरिहार्य : उप्रधानमन्त्री पोखरेल

आर्थिक समृद्धिका लागि सहकारी अपरिहार्य : उप्रधानमन्त्री पोखरेल

बिहिबार, २४ जेठ २०७५

उपप्रधान तथा रक्षा मन्त्री र्इश्वर पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिका लागि सहकारी अपरिहार्य रहेको बताएका छन्। ‘मुलुकको ध्यान आर्थिक समृद्धि र विकासमा केन्द्रित छ’, उनले भने, ‘मुलुकको समृद्धिका लागि सहकारी महत्वपूर्ण आधार हो। समग्र मुलुकको विकास र समृद्धिका लागि सहकारी क्षेत्रका साथै सबै क्षेत्र मिलेर अघि बढ्नुपर्दछ।’

पुस्तकमा सहकारी अनुभव

पुस्तकमा सहकारी अनुभव

बुधबार, २३ जेठ २०७५

लामो समय सहकारी आन्दोलनमा समर्पित पूर्वमन्त्री केशव बडालले विभिन्न देशको सहकारी आन्दोलन, उपलब्धी र समृद्धिका कथाहरु समेटेर नया“ पुस्तक ‘दिगो विकास लक्ष्यका लागि सहकारी :अन्तर्राष्ट्रिय अनुभव’ ल्याएका छन् । पुर्व उद्योगमन्त्री बडालले पुस्तकमा अष्ट्रेलिया, क्यानडा, जापान, चीन, मलेसिया, फिलिपिन्स, भारत, क्युबा, अमेरिका, जर्मनी गरि देशको अनुभवलाई समेटेका छन्।

समृद्धि, समावेशिता र सहकारी

समृद्धि, समावेशिता र सहकारी

बिहिबार, १० जेठ २०७५

संयुक्त स्वामित्व र प्रजातान्त्रिक नियन्त्रणमा रहने उद्यमको माध्यमबाट समान आर्थिक, सामाजिक तथा सांस्कृतिक आवश्यकता एवम् आकांक्षा पूरा गर्न स्वेच्छाले एकताबद्ध व्यक्तिहरूबाट स्थापित संगठन सहकारी हो । आर्थिक व्यवसाय र उद्यमहरू व्यक्तिगत, कम्पनीका रूपमा र सामूहिक हितका लागि गर्न सकिन्छ ।

Ncell Footer Ad