१७ औं अनशन बस्ने डा. केसीको चेतावनी

१७ औं अनशन बस्ने डा. केसीको चेतावनी

मङ्गलबार, २८ असोज २०७६

चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द केसीले १७ औं अनशन बस्ने चेतावनी दिएका छन्। उनले विगतमा आफूसँगको सम्झौताअनुसार चिकित्सा शिक्षा...

पुलको माग गर्दै २५ दिनदेखि अनशन

पुलको माग गर्दै २५ दिनदेखि अनशन

बुधबार, १५ असोज २०७६

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि रिले अनशन शुरु गरेको २५ दिन भइसकेको छ। अहिलेसम्म पुल...

न्यायाका लागि ज्यान दिन्छु : गंगामाया

न्यायाका लागि ज्यान दिन्छु : गंगामाया

मङ्गलबार, ०७ असोज २०७६

छोराका न्यायका लागि अनशनका क्रमका ज्यान गुमाएका नन्दप्रसाद अधिकारीकी धर्मपत्नी गंगामाया अधिकारीले छोरा र श्रीमान्को न्यायका लागि ज्यान दिन तयार...

कोशी डुबान र कटानका पीडित ‘रिले’ अनशनमा

कोशी डुबान र कटानका पीडित ‘रिले’ अनशनमा

आइतबार, २२ भदौ २०७६

लामो समयदेखि मुआब्जा एवं क्षतिपूर्ति नपाएको विषय लिएर सुनसरी, सप्तरी र उदयपुरका पीडितजन ‘रिले’ अनशनमा बसेका छन्। सुनसरीको कोशी ब्यारेजमा...

तीन पुस्तादेखिको मुआब्जा खोज्दै आन्दोलन

तीन पुस्तादेखिको मुआब्जा खोज्दै आन्दोलन

मङ्गलबार, १७ भदौ २०७६

सन् १९५४ मा नेपाल–भारतबीच रहेको कोसी सम्झौता अनुरुप कोसी ब्यारेज निर्माणका क्रममा अधिग्रहण गरेका तथा डुबान एवम् कटान भएका जग्गाको मुआब्जा खोज्दै सप्तरी, सुनसरी तथा उदयपुर जिल्लाका कोसीपीडितहरू पछिल्लो १७ दिनदेखि अनसनमा छन्।

कोसीकिनारमा लगातार अनशन

कोसीकिनारमा लगातार अनशन

शनिबार, १४ भदौ २०७६

पूर्वका तीन जिल्लाका कोसीपीडितले १४ दिनदेखि आन्दोलन गरिरहेका छन्। सुनसरी, सप्तरी र उदयपुरका कोसीपीडित सुनसरीतर्फको कोसी ब्यारेज क्षेत्रमा भेला भएर मुआब्जा र क्षतिपूर्तिको माग राखेर दबाब दिन आन्दोलन जारी राखेका हुन्। उनीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोक्ने जनाएका छन्।

एघार दिनदेखि कोशी पीडित अनशनमा

एघार दिनदेखि कोशी पीडित अनशनमा

मङ्गलबार, १० भदौ २०७६

कोशीबाट पीडित भएकाहरुले क्षतिपूर्तिको माग गर्दै ११ दिनदेखि कोशी ब्यारेजमा अनशन जारी राखेका छन्।

मुआब्जा माग्दै कोसी बाँधमा अनशन

मुआब्जा माग्दै कोसी बाँधमा अनशन

आइतबार, ०१ भदौ २०७६

सुनसरीमा पर्ने साबिकको बराहक्षेत्र गाविस–९ निवासी नारायण मुखियाको जग्गा सप्तकोसीको मुख्य भँगालोमा पर्छ । उनको करिब १५ बिघा जग्गामा वर्षौंदेखि सप्तकोसी बगिरहेको छ । मुआब्जाको आशामा उनले थुप्रै वर्ष बिताइसके । कैयौंपटक सम्बन्धित निकाय धाए पनि उनका लागि हात लाग्यो शून्य भनेझै भएको छ ।

‘८७ हजार नर्सका लागि अनशन बसेकी हुँ’

‘८७ हजार नर्सका लागि अनशन बसेकी हुँ’

बुधबार, ०८ जेठ २०७६

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवले मंगलबार बरालसँग भेट्ने कार्यक्रम रहेको भए पनि राज्यमन्त्री यादव भेट्न आएनन्। नर्स बरालले नर्सहरुको माग पूरा गर्नका लागि मन्त्रालयले समिति गठन नगरेसम्म अनशन नतोड्ने जनाएकी छिन्।

भुक्तानी माग्दै उखु किसान अनशनमा

भुक्तानी माग्दै उखु किसान अनशनमा

सोमबार, ०६ जेठ २०७६

उधारो उखुको रकम भुक्तानी माग गर्दै उखु किसान संघर्ष समितिले आइतबारबाट मलंगवामा रिले अनशन सुरु गरेको छ। धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण सुगर एन्ड जेनरल इन्डस्ट्रिज प्रालिले विगत तीन आर्थिक वर्षको र गोडैता नगरपालिकास्थित बगदहमा रहको श्री महालक्ष्मी सुगर प्रालिले पाँच महिनाको बाँकी राखेको रकम भुक्तानी माग गर्दै मलंगवाको सहिद पार्कमा उखु किसानले रिले अनशन सुरु गरेका हुन्।

नर्ससँग दश बुँदे सहमति, तोडियो अनशन

नर्ससँग दश बुँदे सहमति, तोडियो अनशन

सोमबार, ०६ जेठ २०७६

दश दिनदेखि अनशनरत दुई नर्सले आइतबार अनशन तोडेका छन्। जनजाति महासंघका पूर्वअध्यक्ष आङकाजी शेर्पाले केन्द्रकी नर्स डिक्की शेर्पालाई जुस खुवाएर अनशन तोडिएका हुन्। त्यसैगरी, नेपाल नर्सिङ संघमा अनशनरत अर्की नर्स जिता बराललाई पनि जुस खुवाएर अनशन तोडाइएको छ।

नर्सिङ दरवन्दी परीक्षा स्थगित गर्न पहल

नर्सिङ दरवन्दी परीक्षा स्थगित गर्न पहल

शुक्रबार, ०३ जेठ २०७६

नेपाल नर्सिङ संघले अनशनरत नर्सहरुको बिरोधको बिषयलाई लिएर लोकसेवा परीक्षा स्थगित गर्ने प्रस्ताव राखेको जनाएको छ।

अनशनमा रहेका दुई नर्सको अवस्था गम्भीर

अनशनमा रहेका दुई नर्सको अवस्था गम्भीर

सोमबार, ३० बैशाख २०७६

शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका अनशनरत दुई नर्सको अवस्था गम्भीर बन्दै गएको छ। शुक्रबारदेखि अनशनमा बसेका नर्सहरुको स्वास्थ्य अवस्था बिग्रँदै गएको जनाइएको छ।

डा. केसीसँगको साइनो

डा. केसीसँगको साइनो

आइतबार, २० माघ २०७५

मानिसहरू देखेर अचेल छक्क लाग्छ। कसैले विवेकको बोली बोल्यो भने त्यसलाई उल्याइन्छ। चिकित्सा शिक्षा सुधारको अभियानमा निरन्तर खबरदारी गर्ने डा. गोविन्द केसीजस्तो निस्वार्थ व्यक्तिको सत्याग्रहमा पनि खोट खोजिन्छ। कताबाट उचालिएका होलान् भन्ने सोच्छन् हुलका हुल अरिंगालहरू !

के गर्दैछन् डा. केसी ?

के गर्दैछन् डा. केसी ?

शनिबार, १९ माघ २०७५

आफूसँग भएको सम्झौता अनुसार चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्ने माग राख्दै १६ औं पटक सम्म अनशन बसेका डा. गोविन्द केसीको आइसियुमा उपचार हुँदैछ। उनले शुक्रबार २४ दिनको अनशन स्थगित गरेका थिए।

अनशन तोड्दै डा. केसीले भने-'माफियामुखी विधेयक राष्ट्रपतिले सुधार्नुपर्छ'

अनशन तोड्दै डा. केसीले भने-'माफियामुखी विधेयक राष्ट्रपतिले सुधार्नुपर्छ'

शनिबार, १९ माघ २०७५

चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले मेडिकल माफियामुखी विधेयक आफूलाई स्वीकार्य नभएको भन्दै त्यसलाई सच्याउन राष्ट्रपतिले सदनमा फिर्ता गर्नुपर्नेमा जोड दिएका छन्। सोह्रौं अनशन सुरु गरेको २४औं दिन शुक्रबार अनशन तोड्दै डा. केसीले सदनबाट पारित चिकित्सा शिक्षा विधेयकको माफियामुखी र विद्यार्थीमुखी प्रावधानविरुद्ध फरक ढंगले संघर्ष गरिरहने स्पष्ट पारे।

माथेमा कार्यदलका सदस्यले भने : डा. केसी सत्याग्रहमा पुनर्विचार गर्नुस्

माथेमा कार्यदलका सदस्यले भने : डा. केसी सत्याग्रहमा पुनर्विचार गर्नुस्

शुक्रबार, १८ माघ २०७५

माथेमा कार्यदलका सदस्यहरुले २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई सत्याग्रहको कार्यक्रममा पुनर्विचार गर्न आग्रह गरेका छन्।

शान्तिपूर्ण प्रदर्शनमा प्रहरीको दमन, १६ चिकित्सक पक्राउ

शान्तिपूर्ण प्रदर्शनमा प्रहरीको दमन, १६ चिकित्सक पक्राउ

शुक्रबार, १८ माघ २०७५

चिकित्सा शिक्षा सुधारको माग गर्दै २४ दिनदेखि अनशनरत डा. गोविन्द केसीको मागमा समर्थन जनाउँदै शान्तिपूर्ण प्रदर्शनमा उत्रेका चिकित्सकहरुमाथि प्रहरीले दमन गरेको छ।

डा. केसीको समर्थनमा दुई युवाद्वारा अनशन, सरकारलाई ७२ घण्टे अल्टिमेटम

डा. केसीको समर्थनमा दुई युवाद्वारा अनशन, सरकारलाई ७२ घण्टे अल्टिमेटम

शुक्रबार, १८ माघ २०७५

चिकित्सा शिक्षा सुधारको माग गर्दै २४ दिनदेखि अनशनरत डा.गोविन्द केसीको मागमा समर्थन जनाउँदै कैलाली का दुई अनशनमा बसेका छन्। डा. केसीको मागप्रति ऐक्यवद्धता जनाउन कैलालीका खेमबहादुर मगर र अर्जुन प्रसाद कोइराला बुधबार काठमाडौं आएका थिए।

डा. केसीको समर्थनमा धर्ना, अनशन र र्‍याली

डा. केसीको समर्थनमा धर्ना, अनशन र र्‍याली

शुक्रबार, १८ माघ २०७५

अनशनरत डा. गोविन्द केसीको समर्थनमा आन्दोलनरत बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका चिकित्सकले बिहीबार र्‍याली निकालेका छन्।

केसीसँग वार्ता पहल भएन, चिकित्सक आन्दोलित

केसीसँग वार्ता पहल भएन, चिकित्सक आन्दोलित

शुक्रबार, १८ माघ २०७५

डा. गोविन्द केसी,अनशन

‘अनशन तोडाउने जिम्मा उनलाई बोक्नेहरूकै’

‘अनशन तोडाउने जिम्मा उनलाई बोक्नेहरूकै’

शुक्रबार, १८ माघ २०७५

सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले डा. गोविन्द केसीको अनशन तोडाउने जिम्मा उनलाई बोक्नेहरूकै भएको बताएका छन्। उनले बिहीबार नियमित पत्रकार सम्मेलनमा भने, ‘अनशन तोडाउने जिम्मा डा. केसीलाई ‘बोक्ने’ हरूकै हो। जहाज उडाउनेहरूले नै अवतरण गराउनुपर्छ।’

डा. केसी कसैको काँध चढ्नु पर्ने व्यक्ति होइनन् : गगन थापा

डा. केसी कसैको काँध चढ्नु पर्ने व्यक्ति होइनन् : गगन थापा

बिहिबार, १७ माघ २०७५

नेपाली कांग्रेसका युवा नेता गगन थापाले डा. गोविन्द केसीसँग एक भएर लड्ने बताएका छन्। बिहीबार डा. केसीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका थाले भने, 'डा. केसी हाम्रो काँध चढ्नु पर्ने मान्छे होइन। हाम्रा मुद्दा मिल्दा हामी एक ठाउँ हुने हो।

डा. केसी अनशन तोड्नुहोस्  : देउवा

डा. केसी अनशन तोड्नुहोस् : देउवा

बिहिबार, १७ माघ २०७५

चिकित्सा शिक्षामा सुधारको माग राख्दै २३ दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई भेट्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा त्रिवि शिक्षण अस्पताल पुगेका छन्।

डा. केसीको पक्षमा समर्थन जनाउँदै प्रदर्शन

डा. केसीको पक्षमा समर्थन जनाउँदै प्रदर्शन

बिहिबार, १७ माघ २०७५

सम्झौता विपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ ल्याइएको भन्दै अनशनरत डा. गोविन्द केसीको पक्षमा आन्दोलनरत चिकित्सकसहित सर्वसाधरणहरु प्रदर्शन उत्रेका छन्।

डा. केसीको समर्थनमा देशभरका चिकित्सक सडकमा

डा. केसीको समर्थनमा देशभरका चिकित्सक सडकमा

बिहिबार, १७ माघ २०७५

चिकित्सा शिक्षामा सुधार माग राखेर अनशन बसेका डा. गोविन्द केसीको माग सम्बोधन र जीवनरक्षाका लागि सरकारले पहल नगरेको भन्दै देशभरका चिकित्सक सडकमा उत्रेका छन्। डा. केसीका माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेपछि उनको अनशन लम्बिँदै गएको छ। केसीको माग पूरा गर्न र जीवनरक्षाका लागि सरकारलाई दबाब दिन नेपाल चिकित्सक संघको अगुवाइमा देशभरका चिकित्सक सडकमा उत्रेका हुन्।

डा. केसीका माग जायज छन्, पुरा गर्नुपर्छ  : सुशीला कार्की

डा. केसीका माग जायज छन्, पुरा गर्नुपर्छ : सुशीला कार्की

बुधबार, १६ माघ २०७५

पूर्व प्रधानन्याधीयश सुशीला कार्कीले २२ दिनदेखि अनशनरत डा. गोविन्द केसीका माग सरकारले पुरा गर्नु पर्ने बताएकी छन्। केही दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई भेट्न बुधबार दिउँसो सवा एक बजे त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेकी कार्कीले केसीका सबै माग जायज भएको भन्दै सरकारले चाँडै माग पूरा गर्नेमा आफू विश्वस्त भएको बताइन्।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठकाे चेतावनी : सत्याग्रहीलाई सरकारले ठट्टा नसम्झियोस्

मङ्गलबार, १५ माघ २०७५

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले गोविन्द केसीको विषयलाई लिएर सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आन्दोलनरत चिकित्सकको मागप्रति ऐक्यबद्धता जनाउँदै उनले संसदीय हैन संवैधानिक सर्वोच्चताको ख्याल गर्न सरकारलाई आग्रह गरे।

डा. केसीको स्वास्थ्य अवस्था जटिल, पेट खाली हुँदा देखियाे यस्ताे स्वास्थ्य समस्या

डा. केसीको स्वास्थ्य अवस्था जटिल, पेट खाली हुँदा देखियाे यस्ताे स्वास्थ्य समस्या

मङ्गलबार, १५ माघ २०७५

अनशनरत डा. केसीको स्वास्थ्य अवस्था निरन्तर खस्किँदो अवस्थामा रहेका र शरीरमा सेतो रगतको मात्रा पनि कम रहेको उनको उपचारमा संलग्न डा. सुवास आचार्यले बताए। डा. केसीले केही खाली पेट भएका कारणले सेतो रगतको मात्र कम हुँदै गएको उनको भनाइ छ।

डा. केसीको पक्षमा चिकित्सक अनशनमा

डा. केसीको पक्षमा चिकित्सक अनशनमा

मङ्गलबार, १५ माघ २०७५

चिकित्सा शिक्षा सुधारका अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघको अगुवाइमा चिकित्सकले रिले अनशन थालेका छन्। डा. केसी १६औं पटक अनशन थालेको सोमबार २० दिन पुगेको छ।

डा. केसीको समर्थनमा ओपिडी सेवा बहिष्कार

डा. केसीको समर्थनमा ओपिडी सेवा बहिष्कार

शनिबार, १२ माघ २०७५

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका आवाशीय चिकित्सकहरुले डा. गोविन्द केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै शुक्रबार ओपिडी सेवा बहिष्कार गरेका छन्। डा. केसीका माग सम्बोधन गर्न सरकारलाई दबाब दिन उनीहरुले ओपिडी सेवा नदिएका हुन्। केसीका मागप्रति सरकार थप कठोर बन्दै गएपछि जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीको अगुवाइमा शुक्रबारदेखि प्रतिष्ठानका आवाशीय चिकित्सकले ओपिडी सेवा बन्द गरेका हुन्।

'सहमति पालना नभएसम्म अनशन नतोड्ने'

'सहमति पालना नभएसम्म अनशन नतोड्ने'

बिहिबार, १० माघ २०७५

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले विगतमा आफूसँग भएका सहमति कार्यान्वयन गराउन भन्दै अनशन बसेको १५ दिन पुगिसकेको छ। डा. केसी स्वास्थ्य अवस्था दिनप्रतिदिन कमजोर बन्दै गइरहँदा पनि सरकारले वार्ताका माध्यमबाट समस्या समाधान गर्ने पहल गरेको छैन।

एक्लो वृहस्पति डा. केसी

एक्लो वृहस्पति डा. केसी

मङ्गलबार, ०८ माघ २०७५

प्राथमिक विद्यालयदेखि हाइस्कुल हुँदै कलेज जीवनसम्म पनि नेपालका गुरुहरूले के भएर हो कुन्नि ‘कला र विज्ञान’ बारे निवन्ध लेख्न लगाइरहन्थे। प्राथमिक स्कुलदेखि विश्वविद्यालयसम्म पढ्दा पनि यो निवन्धले कहिल्यै पिछा छाडेनन्। केही विषय नै त्यस्ता हुन्छन् जसलाई कुनै उमेर र समयले चर्चा गर्न रोक्दैन। ‘कलम ठूलो कि तरवार ठूलो’ भन्ने अर्को निवन्ध पनि त्यसैगरी शताब्दियौँदेखि मानव सभ्यताबीच चर्चा, बहस र छलफलको विषय बनिरहेकै छ।

डा. केसी गणेशमान भवनमा

डा. केसी गणेशमान भवनमा

मङ्गलबार, ०८ माघ २०७५

चिकित्सा शिक्षा सुधारको माग १३ दिनदेखि अनशनरत डा. गोविन्द केसी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको एनेक्स वार्डबाट गणेशमान भवनमा सरेका छन्। डा. केसीको आग्रहअनुसार पहिले अनशन बस्ने गरेको गणेशमान भवनमै उनलाई सारेको केसीका भाइ किशोर केसीले बताए।

चिकित्सा शिक्षामा सार्वजनिक चासो

चिकित्सा शिक्षामा सार्वजनिक चासो

आइतबार, ०६ माघ २०७५

वरिष्ठ चिकित्सक डा. गोविन्द केसी चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता हुन्। यस क्षेत्रका समस्या पर्गेल्दै समाधानका निम्ति केसीले थालेको संघर्ष ६ वर्षको भइसकेको छ। यसबीच उनी पटकपटक आमरण अनशन बस्दै आएका छन्। लामो समयसम्मको अनशनपछि प्रत्येक सरकारले उनीसँग सम्झौता गरेका छन्। कार्यान्वयनका क्रममा सबैजसो सरकारले उनलाई धोका दिएका छन्।

‘मेडिकल माफियाविरुद्ध डा. केसीको अनशन’

‘मेडिकल माफियाविरुद्ध डा. केसीको अनशन’

आइतबार, ०६ माघ २०७५

चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग गरेका सम्झौता कार्यान्वयनमा सरकारले आलटाल गरेको छ। साउन १० गते गरेको नौबुँदे सम्झौता कार्यान्वयनबाट सरकार पछि हटेका कारण केसी १६औं पटक अनशन बस्न बाध्य भएका हुन्। सरकारले केसीको १५औं अनशनका क्रममा नौबुँदै सम्झौता गरेको थियो। सो सम्झौताविपरीत संसदीय समितिले चिकित्सा शिक्षा विधेयक पारित गरेपछि केसी त्यसलाई सच्याएर सम्झौताअनुसार राष्ट्रिय चिकित्सा शिक्षा ऐन ल्याउनुपर्ने माग राखेर अनशनमा बसेका हुन्। उनी अनशन बसेको शनिबार ११औं दिन भएको छ।

नौ वर्षदेखि अलपत्र पुल बनाउन अनशन

नौ वर्षदेखि अलपत्र पुल बनाउन अनशन

बुधबार, ०२ माघ २०७५

सिरहा र सप्तरीबीच द्रुत सम्पर्कको सेतुमात्र होइन– बलान नदीको पुल। यो पुल निर्माणसँग सिरहा–सप्तरीबीच द्रुत सम्पर्क मात्र होइन, मधेसकै जीवनपद्धतिसमेत जोडिएको छ। सप्तरीसँग सिरहालाई जोडेर यस भेगका जनताको जीवनपद्धतिमा कायापलट ल्याउन सक्ने सेतु बलान नदीको पुल निर्माण करिब नौ वर्षदेखि अलपत्र छ।

डा. केसीको स्वास्थ्य विग्रिएपछि विशेषज्ञ टोली इलाम हिँड्यो

डा. केसीको स्वास्थ्य विग्रिएपछि विशेषज्ञ टोली इलाम हिँड्यो

बुधबार, ०२ माघ २०७५

गत बुधबारदेखि आमरण अनसन बसिरहेका डा.गोविन्द केसीको उपचारको लागि चिकित्सक टोली इलाम जाने भएको छ।

चिकित्सा विधेयक डा.केसीसँगको सहमति अनुसार पास गर : नागरिक अगुवा

चिकित्सा विधेयक डा.केसीसँगको सहमति अनुसार पास गर : नागरिक अगुवा

मङ्गलबार, ०१ माघ २०७५

नागरिक अगुवाहरुले डा. गोविन्द केसीको सत्याग्रह प्रति आफुहरुको ध्यानाकर्षण भएको बताएका छन्। अगुवाहरुले एक विज्ञप्ति जारी गर्दै राज्यको इमान र विश्वसनीयता समाजका लागि संवेदनशील र महत्वपूर्ण कुरा भएको बताएका छन्।

द्वन्द्वकालका घटना उचाल्न केसीको अनशन : सांसद भट्टराई

द्वन्द्वकालका घटना उचाल्न केसीको अनशन : सांसद भट्टराई

आइतबार, २९ पुष २०७५

नेकपा, सत्तारुढ दल नेकपाका नेता एवं सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयकको नाममा डा.गोविन्द केसीले गरिरहेको अनशनबाट द्वन्द्वकालका घटना उचाल्ने प्रयास भएको बताएका छन्। नेपालमा शान्ति प्रक्रिया, संविधान र सरकारविरुद्धको षड्यन्त्रमा डा. केसीलाई अनशनमा राखेर द्वन्द्वकालका घटना उचाल्ने प्रयास गरेको उनको आरोप छ।

डा. केसीको पक्षमा माइतीघरमा प्रदर्शन

डा. केसीको पक्षमा माइतीघरमा प्रदर्शन

शनिबार, २८ पुष २०७५

डा. गोविन्द केसीसँग गरिएको सम्झौता कार्यान्वयनको माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ। सोलिडारिटी फर डा केसी एलाइन्सले डा केसीसँग गरिएको सम्झौता तत्काल कार्यान्वयन गर्न माग गर्दै आज प्रदर्शन गरेको हो।

'सम्झौता तलमाथि गरे अनशन'

'सम्झौता तलमाथि गरे अनशन'

मङ्गलबार, २४ पुष २०७५

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले १५औं अनशन तोड्ने क्रममा भएका सम्झौता तलमाथि गरे तत्काल १६औं अनशन बस्ने चेतावनी दिएका छन्। डा. केसीले सोमबार पत्रकार सम्मेलन गरी संसदीय उपसमितिले माफियाको स्वार्थबमोजिम चिकित्सा शिक्षा विधेयकमा तोडमोड गरेको आरोप लगाए।

डा.केसीको अनशन ७ दिनलाई स्थगित

डा.केसीको अनशन ७ दिनलाई स्थगित

बुधबार, १८ पुष २०७५

चिकित्सा क्षेत्र सुधारको माग गर्दै १६औं चरणको अनशन तयारी गरेका डा. गोविन्द केसीले ७ दिनलाई अनशन स्थगित गरेका छन्। अनशन बस्नकै लागि इलाम आएका डा.केसीले बुधबार साँझ सदरमुकाममा पत्रकार सम्मेलन गरी संघीय संसद्को संसदीय समितिको आग्रह स्वीकार्दै आफूले केही दिन पर्खिएको बताए।

अनशन बस्न डा. केसी इलाममा

अनशन बस्न डा. केसी इलाममा

मङ्गलबार, १७ पुष २०७५

वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी १६औंं अनशन बस्ने तयारी गर्दै इलाम आएका छन्। तर, उनी कहाँ र कहिलेदेखि अनशन बस्ने भन्ने केही टुंगो लागेको छैन। सरकारसँग भएको सहमति यही पुस १७ (मंगलबार) सम्ममा पूरा गर्ने अल्टिमेटम थियो। मंगलबार रातिसम्म पनि माग पूरा नभए उनी इलाममै अनशन बस्ने तयारीमा रहेको डा. केसी निकट स्रोतले बतायो।

गोविन्द केसीको आन्दोलन २ हप्ता सर्‍याे

गोविन्द केसीको आन्दोलन २ हप्ता सर्‍याे

सोमबार, ०२ पुष २०७५

चिकित्सा शिक्षा सुधारका लागि सत्याग्रही आन्दोलन गर्दै आएका डा. गोविन्द केसीको सत्याग्रही आन्दोलन २ हप्ता पछि सरेको छ। चिकित्सा शिक्षा ऐन पारित लगायतका सम्झौता कार्यान्वयनको माग गर्दै डा केसीले सरकारलाई पुस २ गतेसम्मको अल्टिमेटम दिएका थिए। माग पुरा नभए सत्याग्रहसहितको आन्दोलन शुरु गर्ने उनले पत्रकार सम्मेलनमार्फत घोषणा गरेका थिए।

स्वास्थ्य, सत्ता र गोविन्द

स्वास्थ्य, सत्ता र गोविन्द

शुक्रबार, ३० कार्तिक २०७५

समाचारमा फेरि पढिंँदैछ– ‘गोविन्द केसी सोह्रौँ अनशनको तयारीमा ।’ फेरि पनि सहमति भइसकेका आफ्ना माग पूरा गर्नेतर्फ यो सरकार लाग्दै नलागेको र पहिलेका सरकारले जस्तै यसले पनि आलटाल गर्ने र झुक्याउने काम गरेको भनेर असन्तुष्ट भएका गोविन्द केसी पनि आफू लडाइँमा होमिनुपर्ने कुरा गर्दैछन् रे ।

फेरि अनशन बस्ने अवस्था नआओस् :  डा. केसी

फेरि अनशन बस्ने अवस्था नआओस् : डा. केसी

बिहिबार, ११ असोज २०७५

डा. गोविन्द केसी फेरि अनशन बस्ने भएका छन् । चिकित्सा शिक्षामा सुधार माग राखेर १५ पटकसम्म अनसन बसिसकेका केसी सरकारले विगतमा आफूसँग गरेका सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक संसद्को जारी अधिवेशनबाट पारित नगर्ने भएपछि अनशन बस्ने भएका हुन्।

जुम्ला घटनाको छानबिन सुरु

जुम्ला घटनाको छानबिन सुरु

आइतबार, ०३ भदौ २०७५

चिकित्साशिक्षा सुधारको माग गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन उपचारकक्षमा अनशनरत रहेका बेला डा.गोविन्द केसीलाई बलजफ्ती काठमाडौं लैजाँदा साउन ३ मा भएको घटनाको छानबिन सुरु भएको छ।

प्रधानमन्त्रीले डा. केसीलाई भने : पुन: अनशन बस्ने अवस्था आउँदैन

प्रधानमन्त्रीले डा. केसीलाई भने : पुन: अनशन बस्ने अवस्था आउँदैन

शनिबार, २६ साउन २०७५

प्रधानमन्त्री केपी शर्मा ओली र डा. गोविन्द केसीबीच भेट भएको छ। शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र केसीबीच भेट भएको हो।

सरकारसँग २२ बुँदे सहमतिपछि डा. केसीले २७ दिन लामो अनशन तोडे

सरकारसँग २२ बुँदे सहमतिपछि डा. केसीले २७ दिन लामो अनशन तोडे

बिहिबार, १० साउन २०७५

चिकित्सा शिक्षा सुधारका लागि १५ अाैं पटक अनशन बसेका डा. गाेविन्द केसीले अनशन ताेडेका छन्। सरकारसँग २२ बुँदे सहमतिपछि डा. केसीले २७ दिन लामाे अनशनलार्इ विहीबार राति अन्त्य गरेका हुन्। त्रिवि शिक्षण अस्पतालमा माथेमा आयोगका अध्यक्ष डा. केदारभक्त माथेमा र नेकपाको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जुस पिलाएर अनशन तोडाएका छन्।

Ncell Footer Ad