२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

शहीद स्मारक ‘सि’ डिभिजन लिग फुटबल वैशाखमा

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने नयाँ सिजनको शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी वैशाख २२ गतेदेखि सुरु हुने भएको छ।

एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामालगायत एन्फा पदाधिकारीले हिजो सोमबार ‘सी’ डिभिजन क्लबसँगको छलफलमा वैशाख २२ गतेदेखि प्रतियोगिता सुरु गर्ने निर्णय गरेको हो।  

एन्फाले नयाँ सिजनको ‘सी’ डिभिजन क्लबलाई दिने तयारी खर्चसमेत बढाएको छ। एन्फाले यसपटक तयारी खर्च बापत क्लबलाई ११ लाख रुपैयाँ दिने भएको छ। यसअघि सी डिभिजन क्लबलाई नौ लाख ५० हजार रुपैयाँ दिँदै आएको थियो। 

प्रकाशित: २९ कार्तिक २०७९ ०८:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App