२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

लुम्बिनीमा अन्तर्राष्ट्रिय कराँते सेमिनारको तयारी

बुद्धजन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय कराँते सेमिनार हुने भएको छ। जापान गोजुरियो कराँते डो मिसन सङ्घ नेपालको आयोजनामा लुम्बिनीमा आयोजना हुने सेमिनारमा देशभरिका प्रशिक्षक तथा खेलाडीको सहभागिता रहने आयोजकले जानकारी दिएका छन्।  

सेमिनारमा कराँते खेलका ख्याती प्राप्त प्रशिक्षकसमेत रहनुभएका जापान गोजुरियो कराँते डो मिसन सङ्घका संस्थापक केन्सी हिदियो वातानावे नाइन डनकोसमेत उपस्थिीति रहने आयोजक संस्था जापान गोजुरियो कराँते डो मिसन सङ्घ नेपालका संस्थापक अध्यक्ष केबी रानाले जानकारी दिए।

अन्तर्राष्ट्रिय सेमिनारबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै संस्थापक अध्यक्ष रानाले भने, 'विश्वमै प्रख्यात कराँतेका मास्टर वातानावे लुम्बिनी आउँदै छन्। उनले त्यहाँ पाँच दिन सम्म सेमिनारमा सहभागीलाई कराँते खेलको कौशल र ज्ञान सिकाउनेछन्।'

पत्रकार सम्मेलनमा कराँतेका मुख्य सल्लाहकार भरतबहादुर केसीले अन्तर्राष्ट्रिय खेलकुद जगतमा नाम कमाउन सफल बुबिसिमा मास्टर गरेका मास्टर केन्सी हिदियो वातानावेको उस्थतिले नेपालका सबै कराँते खेलाडी उत्साहित र गौरावान्वित बनाउने बताए। उनले भने, 'मास्टर वातानावेको उपस्थितिले नेपाली खेलाडी र  खेलप्रति अझै उत्साह र उमङ्ग थप्ने छ । यसैले यसलाई सबैले सफल पार्न जरुरी छ।'

कात्तिक १८ गते नेपाल आउने मास्टर हिदियो वातानावे कात्तिक २० देखि २५ गतेसम्म लुम्बिनीमा हुने सेमिनारमा सहभागी हुनेछन्। कोटिहवाको मगर भवनमा ओपनिङ सेरोमोनि हुने  र अन्य कार्यक्रम लुम्बिनीमा हुनेगरी तयारी गरिएको छ   जापान गोजुरियो कराँते डो सङ्घ नेपालको आयोजना हुने उक्त कार्यक्रमलाई सफल पार्न सबैको सहयोग र साथको अपेक्षासमेत गरेका जिल्ला अध्यक्ष उमेश लाटोमगरले बताए।

नेपालमा जापान गोजुरियो सन् २००४ मा स्थापना भएको र हाल यस मातहत नेपालभर ३० डोजो र भारतमा १५ रहेका छन्। भारतको पश्चिम बङ्गालमा सम्पन्न स्पोर्टस फेस्टिभल २०२२ इन्टरनेस्नल कराँते च्याम्पियनसीप अर्वाड, सन् २०१४ पुनामा वल्र्ड च्यापियिनसीप, सन् २०१७ मा दिल्लीमा च्याम्पीयनसीप, सन् २०२१ म पटनामा इन्टरनेशनल च्याम्पियनसिप, सन् २०२० मा कोलकतामा इन्टरनेश्नल च्याम्पियनसीप अर्वाडसमेत जितेको गौरवमय इतिहास रहेको जापान गोजुरियो कराँते डो मिसन सङ्घको संयोजनमा हुने राष्ट्रिय कराँते सेमिनारले विश्व जगतमा नयाँ सन्देश दिने विश्वास आयोजकले व्यक्त गरेका छन्।

बुद्ध र कराँतेबीचको सम्बन्ध पनि ऐतिहासिक रहेको हँुदा उक्त सेमिनार पनि बुद्धजन्मस्थल लुम्बिनीमै आयोजना गरिएको कराँतेका पूर्व राष्ट्रिय खेलाडीसमेत रहेका केसीले बताए।

प्रकाशित: १५ कार्तिक २०७९ १२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App