९ असार २०८१ आइतबार
image/svg+xml
खेल

कराते खेलाडी गोवातर्फ

एसकेआइए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन ११ खेलाडीसहित १७ सदस्यीय गोल्फुटार डोजोको टोली भारतको गोवा प्रस्थान गरेको छ।

नोभेम्बर ५ देखि ६ तारिखसम्म हुने प्रतियोगितामा सनम बोहरा, दशरथ तामाङ, लक्ष्मण तामाङ, सुशान्त तामाङ, वृषा गुरुङ, प्राञ्जली रिजाल, सम्झना चौलागाईं, प्राज्ना उपाध्याय, सौजन मधिकर्मी, एरिश शर्मा र राज तामाङ सहभागी हुने टोलीको समन्वयकर्ताको भूमिका निर्वाह गरेका करातेका सुमन तिमल्सिनाले जनाएका छन्। 

टोली प्रमुखमा सुमन तामाङ, प्रशिक्षक तथा अफिसियलमा सरोज श्रेष्ठ, अफिसियलमा प्रेमलाल बोम्जन, सुरेन्द्रसिंह लामा, पृथ्वी बासुकला र विजयराम यान्डो रहेका छन्। टोलीलाई बूढानीलकण्ठ नगरपालिका-८ का अध्यक्ष सुमन तामाङ, गोल्फुटार डोजोका सल्लाहकार जयराम थापालगायतले एक कार्यक्रमबीच बिदाइ गरेका थिए।

प्रकाशित: १४ कार्तिक २०७९ ०१:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App