१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

ताम्रकार फूटसल २०२२ हुने

ताम्रकार फूटसल प्रतियोगिताको पाँचौं संस्करण कार्तिक १९ गते शनिबार र कार्तिक २६ गते शनिबारका दिन सानेपा स्थित फिल्ड फूटसल ग्राउण्डमा हुने भएको छ।  

ताम्रकार समाजले विगतका वर्ष जस्तै यस वर्ष पनि फूटसल प्रतियोगिता आयोजना गर्ने भएको हो। खेलकूदको माध्यमबाट समाजमा भाइचाराको अभिवृद्धि गर्न एवं समाजमा सकारात्मक परिवर्तनको उद्देश्यका साथ सो प्रतियोगिता आयोजना गर्न लागिएको ताम्रकार समाजले जनाएको छ।  

ललितपुरका विभिन्न समाजका खेलाडीहरुको सहभागी रहने यस प्रतियोगिताको चार संस्करण सफलता पूर्वक सम्पन्न भैसकेको छ। पाँचौं संस्करणको प्रतियोगिताको लागी थापाथली स्थित ट्रेड टावरमा अवस्थित द ब्रिटिस कलेजले मुख्य प्रायोजन गर्ने बताइएको छ।  

ताम्रकार फूटसलको पाँचौं संस्करणमा प्रायोजन गर्ने कम्पनी कै नामबाट टिमको नाम कायम रहने छ। सो प्रतियोगितामा ललितपुरका विभिन्न समाजका साठी भन्दा बढी खेलाडीहरुले सहभागीता जनाउने छन्। विजेता तथा उप-विजेता टोलीले आकर्षक ट्रफी, मेडलका साथै नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगिताका लागी करीब साढे आठ लाख जति खर्च लाग्ने अनुमान गरिएको छ। ताम्रकार समाजको युवा तथा खेलकूद उपसमितिबाट आयोजित यस प्रतियोगिताको लागी प्रायोजित कम्पनीहरुबाट खेलाडी छनौट, जर्सी वितरण, प्राक्टीस म्याच, प्रमोस्नल भिडियो प्रकाशन लगायतका कार्यहरु भइसकेकाे ताम्रकार समाजले जानकारी दिएको छ।  

उक्त प्रतियोगिता अवधिमा अण्डर १४, महिला खुल्ला तथा भेट्रान टिमले पनि प्रतिस्प्रधा गर्ने छन्।

प्रकाशित: ५ कार्तिक २०७९ १३:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App