क्रिकेटका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ। कतार एयरवेजको विमानबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै उनलाई पक्राउ गरि गौशला प्रहरी बृतमा लगिएको छ।
प्रहरीका अनुसार जुन ठाउँमा उनी माथी उजुरी परेको हो, सोही स्थानवाट कारवाही प्रक्रिया सुरु गरिनेछ। पक्राउ परे लगत्तै उनी माथी प्रहरी कारवाही सुरु भएको छ।
![](https://images.nagariknewscdn.com/authors/1665039635_viber_image_2022-10-06_11-26-45-562.jpg)
![](https://images.nagariknewscdn.com/authors/1665039633_viber_image_2022-10-06_11-26-45-492.jpg)
![](https://images.nagariknewscdn.com/authors/1665039640_viber_image_2022-10-06_11-26-45-427.jpg)
![](https://images.nagariknewscdn.com/authors/1665039637_viber_image_2022-10-06_11-26-45-625.jpg)
प्रकाशित: २० आश्विन २०७९ ०६:५९ बिहीबार