नेपाल राष्ट्रिय फुटबल टोलीमा ऋतिक खड्का र आशिष चौधरीले डेब्यु गरेका छन्।
मंगलबार दशरथ रंगशालामा जारी बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलको दोस्रो हाफमा मैदान प्रवेश गर्दै ऋतिक र आशिषले डेब्यु गरेका हुन्।
मिडफिल्डर ऋतिक सेसेहाङ आङ्देम्बे र फरवार्ड आशिष विमल घर्ति मगरको स्थानमा मैदान प्रवेश गरेका थिए।
प्रकाशित: ११ आश्विन २०७९ १३:४१ मंगलबार