६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

विराटनगरमा 'कर्पोरेट फुटसल' हुँदै

विराटनगरमा सोमबारदेखि ‘कर्पोरेट स्तरीय नकआउट फुटसल’ प्रतियोगिता हुने भएको छ।  

आइतबार विराटनगरमा नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले पत्रकार सम्मेलन गरी प्रतियोगिताको जानकारी गराएको हो। विराटनगर च्याप्टरका अध्यक्ष राघव कोइरालाले खेलकुदको माध्यमबाट शारीरिक र मानसिक स्वास्थ्यप्रति जागरुकता जगाउन प्रतियोगिता आयोजना गर्न लागेको बताए। च्याप्टरले विभिन्न युवा उद्यमीलाई विभिन्न सामाजिक कार्य गर्न प्रोत्साहन गर्ने र उद्यमको विकासमा काम गर्दै आएको कोइरालाले बताए।

प्रतियोगिताका संयोजक उत्कृष्ट भट्टराईका अनुसार विभिन्न आर्थिक कारोबार(कर्पोरेट)सँग सम्बन्धित संघसंस्थाहरुले भाग लिएका छन्। असोज ३ देखि ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० वटा कर्पोरेट संस्थाले सहभागिता जनाएका छन्। आकृति फर्मा ‘ए’, आकृति फर्मा ‘बि’, विराट मेडिकल कलेज, जे एम के ‘ए’, जे एम के ‘बि’, एन वाइ इ एफ, पूर्वाञ्चल प्याकेजिङ, कुस गार्डेन, टंकीसिनवारी जेसिज, नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी, नबिल बैंक र प्रकृति हर्वास्युटिकल्सले भाग लिएका छन्।

प्रतियोगितमा भाग लिएका खेलाडीको प्रतियोगिताभरका लागि बिमा गरिएको छ। प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन्। त्यस्तै, व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही १०–१० हजार रुपैयाँ प्राप्त गर्ने संयोजक भट्टराईले बताए। 

प्रकाशित: २ आश्विन २०७९ ११:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App