coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

बंगलादेश छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपको फाइनलमा

बंगलादेश छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो सेमिफाइनलमा भुटानलाई ८–० गोल अन्तरले पराजित गर्दै बंगलादेश फाइनल पुगेको हो।

बंगलादेशलाई जित दिलाउन सबिना खातुनले ह्याट्रिक गोल गरिन्। यस्तै मोसाम्मत सिरात जाहन सोप्ना, श्रीमोती सरकार, रितु पोर्ना चक्मा, मसुरा प्रभिन र तोहुरा खातुनले समान एक/एक गोल गरे। बंगलादेशले दोस्रो मिनेटमा सोप्नाको गोलबाट सुरुवाती अग्रता लिएको थियो।

खेलको १८औं मिनेटमा सबिनाले गोल गर्दै बंगलादेशको अग्रता २–० को बनाएकी थिइन्। ३०औं मिनेटमा सरकारले गोल गर्दा बंगलादेशको अग्रता तेब्बर भएको थियो भने खेलको ३५ औं मिनेटमा चक्माले गोल गरेपछि पहिलो हाफमा बंगलादेश ४–० ले अगाडि रह्यो।

पूरा समय भुटामाथि हाबी भएको बंगलादेशले दोस्रो हाफमा थप ४ गोल गर्‍यो। खेलको ५४औं मिनेटमा सबिनाले गोल गर्दै टिमको अग्रता ५–० को बनाएकी थिइन्। खेलको ५७औं मिनेटमा प्रभिन, ८७औं मिनेटमा खातुन र खेलको इन्जुरी समयमा सबिनाले ह्याट्रिक पूरा गर्दै बंगलादेशलाई ८–० को जित दिलाउन सफल भएकी थिइन्।

प्रकाशित: ३१ भाद्र २०७९ १३:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App