२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आर्मीलाई झापा गोल्डकप

झापा- नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले रमपम झापा गोल्डकप फुटबलको उपाधि जितेर यसवर्षको उपाधिविहीन यात्रा टुंग्याएको छ। यसवर्ष आर्मीले तेस्रोपटक फाइनलमा प्रतिस्पर्धा गर्दा झापामा सफलता मिलेको छ।शनिबार आयोजक झापाविरुद्ध उसकै मैदानमा१–० ले नतिजा निकाल्दैआर्मीले वर्षलाई सुखद अन्त्य गरेको हो। आर्मीलाई मोफसलकै सर्वाधिक पुरस्कार राशिसहितको उपाधि दिलाउन टोलीका स्टार खेलाडी नवयुग श्रेष्ठले निर्णायक गोल गरेका थिए। खेलको १८ औं मिनेटमा विमल रानाले दिएको पासनियन्त्रणमा लिएर एक्लै अघि बढेका नवयुगले झापाली रक्षापंक्तिका दुई खेलाडी बिट गरेर गोल गरेका थिए। मैदानको कर्नर साइडबाट सेकेन्ड बार च्याप्दै गरेको उनको प्रहार जालीको सम्पर्कमा पुगेको थियो।

बंगबन्धु गोल्डकप र साग फुटबलमा सनसनी मच्चाएका इलामे खेलाडी नवयुगको त्यही गोल आर्मीलाई नगद ६ लाख रुपैयाँको उपाधि दिलाउन पर्याप्त रह्यो। खेलभर बल आफ्नो नियन्त्रणमा राखेर पनि विपक्षी पोस्टमा चुनौती खडा गर्न नसक्दा घरेलु मैदानमा उपाधि जित्ने झापाको धोको अधुरै रह्यो। टोलीले नगद ३ लाखमा चित्त बुझायो। ...आज हाम्रा खेलाडीले फिनिसिङमा कमजोरी गर्दा हार बेहोर्नुपर्योर', झापाका प्रशिक्षक भगिरथ आलेले भने, ...यद्यपि उत्कृष्ट खेलका बावजुद हामी दोस्रो भयौं।'

राष्ट्रिय लिग फुटबलमा दोस्रो बनेको आर्मीले आहा–रारा र हेटौंडा गोल्डकप फाइनलमा पराजय बेहोरेको थियो। ती सबै हारको पीडा टोलीले झापा आएर उपाधिसहित बिर्साएको छ।

प्रशिक्षक चुनबहादुर थापाको नेतृत्वमा आर्मीले जितेको यो पहिलो उपाधि हो। ...सबै खेलाडीको उत्कृष्ट खेलका कारण जित सम्भव भयो,' उनले भने, ...यसको पूरा श्रेय उनीहरूलाई नै जान्छ।'

डोमालाल राजवंशी रंगशालामा भएको खेलमा झापाले आर्मीविरुद्ध गोलका थुप्रै अवसर सिर्जना गरेको थियो। तर, झापाली स्ट्राइकरको प्रहारआर्मीका गोलरक्षक विकेश कुथुले असफल तुल्याए।१९ औं मिनेटमा झापाका विशाल राईको शक्तिशाली हेडर विकेशले सुन्दर ढंगले जोगाए भने २२ औं मिनेटमा कर्ण लिम्बुको पासमा विशालले फेरि आक्रमण गरे। तर, उक्त प्रहार विकेशले नियन्त्रणमा लिए। आर्मीका लागि पनि भरत खवासले खेलको ५४ औं मिनेटमा राम्रो अवसर खेर फाले। उनले पेनाल्टी बक्सभित्रैबाट गरेको प्रहार आकासियो।

आर्मीको मजबुतरक्षापंक्तिले झापाली स्ट्राइकरलाई पूरै नियन्त्रणमा राखेको थियो। १–० को अग्रता लिएको आर्मीले दोस्रो हाफमा रक्षात्मक खेल्यो। आर्मीका जितेन्द्र कार्की, दीपक गुरुङ र सन्तोष तामाङले झापाका कुनै पनि स्ट्राइकरलाई खुलेर खेल्न दिएनन्। खेल अवधिभर रेफ्री लव खत्रीले आर्मीका नवयुग र झापाका कप्तान प्रवेश कटुवाललाई पहेँलो कार्ड देखाए। प्रतियोगिताको म्यान अफ दी म्याच गोलकर्ता नवयुग श्रेष्ठ भए।

समापनमा मनाङ मर्स्याङ्दीका विशाल राई र सागका स्वर्ण विजेता झापाका खेलाडी अनन्त तामाङलाई जनही २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो।

प्रतियोगिताको म्यान अफ दी सिरिज झापाका स्ट्राइकर कर्ण लिम्बु भए। उनले होन्डा कम्पनीको मोटरसाइकल पुरस्कार पाए। सर्वाधिक गोलकर्ता हुँदैकर्णले नगद २५ हजार रुपैयाँपनि थापे। उत्कृष्ट गोलकिपर आर्मीका विकेशकुथु, डिफेन्डर झापाका देवेन्द्र तामाङ, मिडफिल्डर झापाकै योगेश गुरुङ, फरवार्ड आर्मीका नवयुग श्रेष्ठ, प्रशिक्षक आर्मीका चुनबहादुर थापा, उदीयमान खेलाडी झापाका संजोग राई भए। उनीहरूले जनही नगद १५ हजार रुपैयाँ पाए। फेयर प्ले अवार्ड नेपाल पुलिस क्लबले पायो।

विजेता खेलाडीलाई एन्फाका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए।

प्रकाशित: २७ चैत्र २०७२ २१:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App