५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

हेराल्ड कलेजलाई उपाधि

पहिलो संस्करणको आइएनजी फुटसल प्रतियोगिता अन्तर्गत पुरुषतर्फको उपाधि हेराल्ड कलेजले जितेको छ।

डुकु फुटसल हबमा सम्पन्न फाइनल खेलमा आइएनजी ग्रुपअन्तर्गतको टिम स्किललाई हराउँदै हेराल्ड कलेजले उपाधि जितेको हो। यसँगै हेराल्डले नगद एक लाख रूपैयाँसहित मेडल र प्रमाण पत्र प्राप्त गर्‍यो।

त्यस्तै, महिला टोलीतर्फको प्रतिस्पर्धामा पनि आयोजक आइएनजी स्किलको ‘स्किल महिला टोली’ इस्लिङ्टन कलेजसँग स्तब्ध भयो। फाइनल प्रतिस्पर्धामा आयोजकलाई हराउँदै उपाधि जितेको इस्लिङ्टनले पनि नगद एक लाख रूपैयाँसहित मेडल र प्रमाणपत्र हात पार्‍यो।

आइएनजी मानव संसाधन विभागको आयोजनामा भएको प्रतियोगितामा कुल ४१ टोलीले सहभागिता जनाएका थिए। जसमा ३१ पुरुष र १० महिला टोली सहभागी थिए।

मानव संसाधन विभागकी प्रमुख सुविता कपालीले फुटसल प्रतियोगिताले कर्मचारीहरूको काम गर्ने शैलीमा स्फूर्ति प्रदान गरेको र कर्मचारीहरूले आफ्नो सीप प्रदर्शन गर्ने मौका पाएको बताइन्।  

प्रकाशित: ३० भाद्र २०७९ ०१:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App