जबरजस्ती करणीको आरोप लागेका नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएका छन्।
क्यानले सन्दीपसँग गरेको सम्पर्कमा उनले आफू निर्दोष रहेको र कानुनी उपचारका लागि क्यानलाई सहयोग गर्न आग्रह समेत गरेका छन्।
हाल सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन्। केन्याविरुद्धको टी-२० सिरिजपछि सन्दीप उतैबाट वेस्ट इन्डिज पुगेका थिए।
लिग सकेपछि सन्दीप नेपाल फर्कने बताइएको छ। सन्दीपलाई एक १७ वर्षीया बालिकाले जबरजस्ती करणी गरेको भन्दै बलात्कारको उजुरी दर्ता गरेकी छन्।
प्रकाशित: २३ भाद्र २०७९ ०४:५७ बिहीबार