२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

नेपालको टी-२० वरीयता एक स्थान खस्कियो

फाइल तस्बिर।

नेपालको टी-२० अन्तराष्ट्रिय क्रिकेटको वरीयता खस्किएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयता अनुसार नेपालको टी-२० वरीयता एक स्थान घटेको हो।

नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा झरेको छ। अघिल्लो वरीयतामा नेपाल १५ औं स्थानमा रहेको थियो। आईसीसी वरीयतामा पछाडि रहेको टोली केन्यासँगको पाँच खेलको टी-२० सिरिज ३-२ ले जितेको नेपालको टी-२० वरीयता फेरि खस्किएको हो। वरीयता घटेसँगै नेपालको सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपमा सिधै छनोट हुने सम्भावना कठिन बन्दै गएको छ।

नेपालभन्दा अगाडी ११ औं स्थानमा जिम्‍बावे, १२ औं स्थानमा आयरल्याण्ड, १३ औं स्थानमा यूएई, १४ औं स्थानमा नामिबिया, १५ औं स्थानमा स्कटल्याण्ड छन्।

अर्कोतर्फ केन्याले भने टी-२० वरीयता सुधारेको छ। नेपालसँगको सिरिज अघि ३० औं स्थानमा रहेको केन्याले मलेशिया र इटलीलाई पछि पार्दै २८ औं स्थानमा उक्लिएको छ। टी-२० वरीयताको शीर्षस्थानमा भारत छ भने दोस्रो स्थानमा इङ्ग्ल्याण्ड, तेस्रो स्थानमा पाकिस्तान, चौथो स्थानमा साउथ अफ्रिका तथा पाँचौं स्थानमा न्युजिल्याण्डमा छ। छैटौं देखि १० औं स्थानसम्म अस्ट्रेलिया, वेस्ट इण्डिज, श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन्।

प्रकाशित: १५ भाद्र २०७९ १०:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App