१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
खेल

नेपाली फुटबलका लागि महत्वपूर्ण दिन बन्ला ?

सिलोङ- फुटबल प्रशिक्षक राजुकाजी शाक्य दक्षिण एसियाली खेलकुदमा तीन फरक भूमिकाबाट देशलाई स्वर्ण पदक दिलाउने दाउमा छन्। आफ्नै देशबाट सन् १९८४ मा सुरु साग खेलकुदको पहिलो संस्करणमा नेपालले फुटबलको स्वर्ण जित्दा उनी खेलाडी थिए। १९९३ मा ढाका साग (तत्कालीन दक्षिण एसियाली महासंघीय खेलकुद, साफ) उनकै कप्तानीमा नेपाली फुटबल टोलीले स्वर्ण जितेको हो। सन् १९९९ मा आफ्नै भूमिमा आठौं साफ हुदा शाक्य सहायक प्रशिक्षकमा थिए। त्यतिखेर नेपालले रजत पदकमै चित्त बुझाउनुपरेको थियो।त्यसयता नेपाली टोली उपाधिविहीन बन्दै आएको अवस्थामा नेपालले तीन साताअघि ढाकामा सम्पन्न बंगबन्धु गोल्डकप जितेर उपाधिको खडेरी २३ वर्षपछि मेटेको थियो।

साग खेलकुदको १२ औं संस्करण गुवाहटी र सिलोङमा जारी भइरहदा प्रशिक्षक शाक्य २३ वर्षअघिको स्वर्णिम क्षण पुनर्तागजी गर्न चाहन्छन्।

नेपालले साग स्वर्ण पदकका लागि सोमबार आयोजक भारतस"ग फाइनल खेल्दैछ। गुवाहटीस्थित इन्दिरा गान्धी स्टेडियममा सोमबार साझ हुने फाइनलमा भारतलाई हराउन सके नेपालले २३ वर्षपछि क्षेत्रीय खेलकुदमा फुटबलको स्वर्ण जित्नेछ।

आफैले सम्हालेको नेपाली यु–२३ टोली नै १२ औं सागको फाइनल खेल्दैछ। खेलाडी जीवनमा शाक्यको एउटा चाहना थियो भारतलाई उसकै भूमिमा हराएर उपाधि जित्ने। तर त्यो पूरा हुन सकेको थिएन। त्यो अवसर अहिले प्रशिक्षक जीवनमा आइपुगेको छ।

'भारतलाई उसकै भूमिमा हराएर च्याम्पियन बन्ने इच्छा र त्यो अवसर अहिले आएको छ,' प्रशिक्ष्ँक शाक्यले भने, 'भारत दक्षिण एसियाकै राम्रो टिम हो। उनीहरुको खेल राम्रै देखेको छु। भारतलाई होम ग्राउन्डको फाइदा छ। तर, खेलमा केही भन्न सकिदैन।'

सेमिफाइनलमा माल्दिभ्सस"ग खेलेजस्तै स्पिरिटमा फाइनल खेले स्वर्ण जित्ने शाक्यको दाबी थियो।

दुई दिनअघि नवयुग श्रेष्ठको ह्याटि्रकमा नेपालले दुई घन्टाको रोमाञ्चक प्रतिस्पर्धामा माल्दिभ्सलाई ४–३ ले पन्छाउ"दै १७ वर्षपछि सागको फाइनल खेल्ने पक्का गरेको हो।

खेलाडी थाकेकाले आइतबार हल्कामात्र अभ्यास गरेको उनले बताए।

शाक्यले चोटको समस्यावीच पनि गोलकिपर विकेश कुथु, फरवार्ड विमल घर्तीमगर र अञ्जन विष्टलाई सेमिफाइनलमा पहिलो रोजाइमा खेलाएका थिए। उनका अनुसार अलि अलि समस्या रहे पनि उनीहरुले फाइनलमा खेल्नेछन्। उनले भने, 'फाइनल अन्तिम खेल हो र यसपछि उनीहरुले आराम गर्नेछन्। चिकित्सकले पनि उनीहरुले खेल्नसक्ने जनाएका छन्।'

सेमिफाइनलमा रातो कार्ड पाएका डिफेन्डर कमल श्रेष्ठ फाइनलमा उपलब्ध हुने छैनन्। उनी नहुदा फरक त पर्ने तर सेमिफाइनलमा अन्जन विष्टले पनि राइट डिफेन्सबाट राम्रै खेलेकाले उनी रक्षापंक्तिमा विश्वस्त छन्। डिफेन्समा मानबहादुर तामाङ र दिनेश राजवंशी पनि उपलब्ध छैनन्।

कप्तान विराज महर्जन पनि स्वर्ण पदकका लागि खेल्ने फाइनललाई लिएर उत्साही छन्। 'माल्दिभ्सविरुद्ध २ घन्टा एकदमै मिहिनेत गर्यौं । टोली चामत्कारिक प्रदर्शन गरे जस्तो लाग्छ। यसबाट उत्साही भएका छौं। स्वर्ण जित्ने लक्ष्य पूरा गर्न चाहन्छौं,' उनले भने।

विराजकै कप्तानीमा तीन साताअघि नेपालले बंगबन्धु गोल्डकप च्याम्पियन जितेको थियो। फाइनलमा बहराइन यू २३ लाई ३–० ले हराएको थियो। यसपल्ट पनि सबै खेलाडी त्यही टोली सदस्य हुन्। संयोग, नवयुगको हयाटि्रकमा नेपालले बंगबन्धुको सेमिफाइनलमा पनि माल्दिभ्समाथि ४–१ को जित निकालेको हो। सागको सेमिफाइनलमा पनि माल्दिभ्सविरुद्ध सनसनीपूर्ण विजय पाउदा उनैले ह्याटि्रक गरेका थिए।

आर्मीका फरवार्ड नवयुगले पछिल्ला ५ खेलमा तीन ह्याटि्रकसहित १० गोल गरेका छन्। बंगबन्धुमा सर्बोत्कृष्ट खेलाडी भएका उनले १२ औं सागको पहिलो खेलमा भुटानमाथि ५–० को जितमा पनि हयाटि्रक गरेका थिए। नेपाल २–१ ले बंगलादेशस"ग हारेपछि समूहमा उपविजेता भएको थियो र नवयुगले पछिल्ला ५ खेलमा गोल गर्न नसकेको त्यही हो।

'माल्दिभ्सलाई हराउछौ भन्ने थियौं तर त्यस्तो कठिन जित होलाजस्तो लागेको थिएन। फाइनलमा अझ धेरै खटेर खेल्नेछौं,' नवयुगले भने।

श्रीलंकासँग १–० को हारबाट १२ औं सागको यात्रा थालेको भारत ३–२ ले माल्दिभ्सलाई हराएर अर्को समूहमा उपविजेता भएको थियो। तीनपल्टको स्वर्ण विजेता भारतले सेमिफाइनलमा बंगलादेशलाई ३–० ले हराएको थियो।

दशरथ रंगाशालामा १९९९ मा भएको आठौं साफको फाइनलमा नेपाल १–० ले बंगलादेशसँग हारेको थियो। त्यतिबेला राष्ट्रिय टोलीले भाग लिदै आएको पनि २००४ को नवौं इस्लामावाद सागदेखि फुटबलमा यु २३ ले प्रतिस्पर्धा गर्न थालेको हो।

नेपालले कोलम्बो साग २००६ मा कांस्य हात पारेयता पुरुष फुटबलमा पहिलोपल्ट पदक पक्का गरेको हो। साग फुटबलमा नेपालले २ स्वर्ण, २ रजत र २ कांस्य जितेको छ।


प्रकाशित: २ फाल्गुन २०७२ २३:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App