महिला १०हजार मिटर दौडका प्रतिस्पर्धी विश्वरुपा बुढा र पुष्पा भण्डारीले प्रतिस्पर्धा गरेकाथिए। पुष्पाले शुक्रबार म्याराथन दौड्नुपर्ने भएकाले तयारीकालागि ३ ल्याप दौडेकीथिइन्।
उक्तइभेन्टमा एल सूर्याले ३२ मिनेट ३९.८६ सेकेन्डमा दुरी पार गरेर स्वर्ण जितेकीथिइन् । भारतकी स्वातीले ३३मिनेट ५७.०९ बाट रजत र श्रीलंकालीलामा हेवागीले ३६ मिनेट ११.३९ बाट कांस्य पदकजितेकाथिए।
१० हजार मिटरमा नेपाली खेलाडीले दौड गर्दै कान्छीमाया कोजुको नाममा रहेको ३५ मिनेट ०३.४३ को कीर्तिमानकायमगर्न सकेको भएकांस्य पक्काहुन्थ्यो।
१५ सय मिटर दौडमा छत्रबहादुर दाहालले ४ मिनेट ०३.८८ सेकेन्डमा दूरी पार गरे। उनी सातजनामा पुछारमा रहे। भारतकाअजय सरोजले ३ मिनेट ५३.४६ सेकेन्डबाट स्वर्ण जितेकाथिए।
महिला १५ सय मिटरतर्फ सरस्वती भट्टराई ४ मिनेट २५ दशमबल ५९ सेकेन्डमा पूरा गरेर पाँचौं स्थानमा रहिन्। उनले ४ मिनेट ४०.१५ सेकेन्डमा पूरा गरेकाथिए। भारतीयपी यु चित्राले स्वर्ण र श्रीलंकालीअभियात्राथनाले रजतपदकजिते।
महिला टि्रपलजम्पमा नेपालकाचन्द्रदेव जोशीले १३.९६ मिटर जम्प गरेकाथिए। भारतीय खेलाडीले १६.४५ र १५.८९ मिटर जम्पगर्दै स्वर्ण र रजतपदकजितेकाथिए।
महिलाज्याभलिनथ्रोमाचन्द्रकलालामगादे ४० दशमलब ३५ मिटर फ्याँकिन्। ५९.४५ मिटर थ्रो गरेकीभारतीय सुमन देवीले स्वर्ण पदकजितेकी छन्।
महिला ४ गुणा ४०० मिटर दौडमा कृष्णकुमारी चौधरी, सविताचौधरी, दिलमायाकार्की र मनमति विष्टको टोलीपाँचौ स्थानमा रहे।
एथलेटिक्सका लागि ५ हजार मिटर दौडमा हरिकुमार रिमालले पहिलो दिनकांस्य जितेकाथिए।
म्याराथन आज
शुक्रबार एथलेटिक्सको अन्तिमदिनम्याराथनबाट नेपालले पदकल्याउने आशागरिएको छ। विशेषतमहिलाम्याराथनमापदकजित्ने अपेक्षा छ। महिलातर्फ स्वरुपा खड्का र पुष्पा भण्डारीले प्रतिस्पर्धा गर्ने छन्। अमेरिकामा प्रशिक्षण गरिरहेकी स्वरुपाबाट पदकआशगरिएको प्रशिक्षक सुशील नरसिंह राणाले जनाए। स्वरुपाको उत्कृष्ट समय २ घन्टा ५७मिनेट ०७ सेकेन्डको छ। महिलाम्याराथनमा ६ जनाले मात्र सहभागिताजनाउने भएका छन्। त्यसमाभारत र श्रीलंकाका २/२ खेलाडी छन्।
पुरुषतर्फ भूमिराज राई र खिमबहादुर खत्रीले प्रतिस्पर्धा गर्ने छन्। त्यसमा १० धावकप्रतिस्पर्धामाहुने छन्। श्रीलंका, भारत, भुटान र अफगानका २/२ खेलाडीको सहभागिता रहने छ।
ह्यान्डबलको जित
नेपाली टोलीले ह्यान्डबलको पहिलो दिन सफल सुरुआत गरेको छ। सोनापुरमाभएको खेलमामहिलातर्फ नेपालले श्रीलंकाविरुद्ध २४ का विरुद्ध ३६ गोल गर्दै विजयपाएको थियो।
नेपालले पहिलो हाफमा १२ र दोस्रो हाफमा २४ गोल गर्दा श्रीलंकाली टोलीले ८ (पहिलो हाफ) र १६ (दोस्रो हाफ) गोलमात्र गरेको थियो।
उमा राईले १३, रञ्जना राईले ८, बन्दना राई ६, निशा राईले ४, साधनाबमले ३, पेमा शेर्पा कविता राईले १(१, गोल गरेकाथिए।
पुरुषमा नेपालले अफगानिस्तानलाई २९–२६ ले पराजितगर्यो । प्राइम गुरुङले १०, बासु गुरुङले ८, मनोज ठगुन्नाले ४, विशाल बस्नेतले ३, मदनचुनारा, श्रीबहादुर सिंजाली, कृष्णबहादुर चौधरी र जगतबहादुर श्रेष्ठले १/१ गोल गरेकाथिए।
महिलातर्फ ७ र पुरुषतर्फ ६ टिमले भागलिएकाथिए। नेपालले शुक्रबार पुरुषमापाकिस्तान र महिलामाभारतसँग खेल्नेछ ।
महिला ह्यान्डबलको पहिलो साग सहभागिताहुँदा पुरुषले भने ११ औं ढाका सागपनि खेलेको थियो।
महिला टोलीकाप्रशिक्षकहिमालदाहालले सुरुमा इन्डोरमा खेल्दाअलि समस्याभएको बताए। उनले भने, 'हामीले खुला मैदानमातयारी गरेर आएकाथियौं। तर, यहाँ इन्डोरमा खेल्नुपर्दा सुरुमा समस्याभयो। दोस्रो हाफमा सुधारेर खेल्दा धेरै गोल सम्भवभएको हो।'
कबड्डी
१२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कबड्डीको महिलमा नेपालबिहीबार पराजितभएको छ। नेपालभारतसँग ५१–१७अंकले पर्योँ।
सुटिङमा स्नेह चुकिन्
औं सागको महिला १० मिटर एयर राइफलमाओलम्पियन सुटर स्नेह राज्यलक्ष्मी राणाले थोरै अंकले दोस्रो चरण पुग्नबाट असफलभइन्। उनले ४०३.३ स्कोर गरिन्। ४०८.३ स्कोर गरेकीभएउनी दोस्रो चरण पुग्ने थिइन्। उनले ४३६ पूणर्ांकमाउक्त स्कोर गरेकीहुन्।
सोहीइभेन्टमा अर्की ओलम्पियनफुलमाया क्यापछाकीले ३९६.६ र अस्मिता राई ३९८.८ स्कोर गरेकाथिए। उनीहरु टिमतर्फ पाँचौं स्थानमा रहे। स्नेह, फुलमाया र अस्मिताले कुल ११९८.७ स्कोर बनाए।
भारतीय टोली १२४८.५ स्कोरसहितपहिलो स्थानमा रहँदा १२१८.४ अंकबनाएको श्रीलंका दोस्रो भयो। बंगलादेशी टोलीले १२१५.७ स्कोर जोड्दै तेस्रो स्थानमाकब्जाजमायो। चौथोमापाकिस्तान, पाँचौंमा नेपाल रहँदा भुटान छैटौंमा रहे।
प्रकाशित: २८ माघ २०७२ २२:३९ बिहीबार