२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

साफ यु–२० नेपाली युवा टोली स्वदेश फर्किए

भारतमा आयोजना भएको साफ यु–२० साफ च्याम्पियनसिपमा सहभागी भइ बिहीबार नेपाली युवा टोली स्वदेश फर्किएको छ।  

आयोजक भारतसँगै नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशले सहभागिता जनाएको प्रतियोगितामा सहभागी भएर नेपाल टोली स्वदेश फर्किएको हो। प्रतियोगितामा चार खेल खेलेको नेपालले दुई खेलमा जित, एक खेलमा हार र एक खेल बराबरी खेलेको थियो। उपाधिको लक्ष्यसहित भारत प्रस्थान गरे टोलीले शुरुवाती दुई खेलमा राम्रो प्रदर्शन गरेपनि बाँकी दुई टोलीसँग अपेक्षा अनुसारको प्रदर्शन गर्न असफल भएको थियाे। कोरोनाका कारण उमेर समूहका खेल प्रभावित हुँदा खेलाडी खुला प्रतिष्पर्धाबाट छनोट गरिएको थियो।

शुरुवाती दुई खेलमा सुखद् नतिजा निकाल्दा तारिफ पाएका प्रशिक्षक मेघराज केसीले भारतसँगको हारपछि आलोचित भएका थिए। बिहीवार स्वेदश फर्किएका प्रशिक्षक केसीले तेस्रो खेलमा भारतसँग पराजयले दक्षिण एशियामा नेपाली टोलीको मिहेनेत नपुगेको स्वीकार गरेका छन्। केसीले मिहेनतका बाबजुत पनि नतिजा अपेक्षा अनुसारको नतिजा हात नलाग्दा आफू निकै दुःखी भएको बताए।

प्रकाशित: १९ श्रावण २०७९ १४:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App