७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

नेपाल र भुटानबीच उद्घाटन खेल

महिला साफ च्याम्पियनसिप

नेपालमा आयोजना हुन लागेको महिला साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र भुटान आमनेसामने हुने भएका छन्।

आइतबार दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सार्वजनिक गरेको तालिकाअनुसार पहिलो खेल आयोजक नेपाल र भुटानबीच हुने भएको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिपमा यो संस्करणमा ७ देशले सहभागिता जनाउँदै छन्।

भदौ २१ देखि असोज ३ गतेसम्म हुने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ। नेपालसँगै समूह ‘बी’ मा भुटान र श्रीलंका छन् भने समूह ‘ए’ मा साबिक विजेता भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान छन्। नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेल भदौ २८ गते श्रीलंकासँग खेल्नेछ। समूह चरणको खेलपछि समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

एन्फाले भदौ २१ गतेबाट सुरु हुने साफ महिला च्याम्पियनसिप २०२२ का लागि च्यासललाई अभ्यास मैदानका रूपमा सञ्चालनमा ल्याउने जनाएको छ। एन्फाले प्रतियोगिता दौरान दोस्रो अभ्यास मैदानको रूपमा भद्रकालीस्थित आर्मीको रंगशालालाई पनि प्रयोग गर्नेछ।

प्रतियोगिताको पाँचौं संस्करण सन् २०१९ मा विराटनगरमा आयोजना भएको थियो। फाइनलमा नेपालले भारतलाई नतिजा सुम्पिएको थियो। नेपालले पाँचमध्ये चार संस्करणको फाइनलमा स्थान बनाए पनि चारै पटक भारतसँग पराजित भई उपविजेतामा सीमित हुँदै आएको छ। भारतले पाँचवटै संस्करणको उपाधि जितेको छ। बंगलादेश चौथो संस्करणको उपविजेता हो।

प्रकाशित: १६ श्रावण २०७९ ०१:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App