२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

थ्री अन थ्रीमा न्यु जेनिथ च्याम्पियन

न्यु जेनिथ ‘बी’ ले प्रथम एन्जल्स एसइई कप थ्री अन थ्री छात्र बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ।

मनमैजुस्थित आयोजक एन्जल्स हार्ट मावि/कलेजको कोर्टमा सम्पन्न फाइनलमा न्यु जेनिथ ‘बी’ ले ऋत एकेडेमीलाई १८-१५ ले पराजित गर्‍यो। विजेताले १० हजार र उपविजेताले सात हजार रूपैयाँ नगद पुरस्कार पाए। आइबारै भएको सेमिफाइनलमा न्यु जेनिथ ‘बी’ ले नवज्योतिलाई ९-६ र ऋतले ग्रिनल्यान्ड ‘बी’ लाई १५-९ ले हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन्। न्यु जेनिथ ‘बी’ का अमृत भट्टराई मस्ट भेलुएबल प्लेयर घोषित भए।

विजेतालाई समाजसेवी बाबुराम पौडेल, एन्जल्स हार्ट एजुकेसन फाउन्डेसनका प्रालिका अध्यक्ष लीलबहादुर पुन, प्राडा लोकेन्द्रबहादुर शेरचन, एन्जल्स हार्टका निर्देशक यमबहादुर छन्त्याल, एन्जल्स हार्ट माविका प्रिन्सिपल धनबहादुर पुन लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

दुई दिने प्रतियोगितामा ६६ टोलीले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए। एन्जल्स हार्टमा प्लस टुमा अध्ययन गर्न चाहे विजेतालाई १ सय प्रतिशत, उपविजेतालाई ७५ प्रतिशत र सहभागी टोलीलाई ३० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने आयोजकले जनाएको छ।

प्रकाशित: २ श्रावण २०७९ ०१:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App