२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

उपाधिका लागि बिएनए र एन्जल्स हार्ट भिड्ने

बसुन्धारा नेसनल एकेडेमी (बिएनए) र एन्जल्स हार्ट शनिबार छैटौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ फाइनलमा प्रवेश गरेका छन्।

बिएनएले आयोजक स्किब्सलाई ९–४ तथा एन्जल्स हार्टले इेडेन ब्रिज एकेडेमी (इबिए) लाई १२–३ ले पराजित गरे। सिनियर ब्वाइजमा त्रिज्योति र ग्रिनल्यान्डले उपाधि भिडन्त पक्का गरे।

त्रिज्योतिले महामञ्जुश्रीलाई १७–१६ को झीनो अन्तरले हरायो भने ग्रिनल्यान्डले भ्याली पब्लिकमाथि २१–१७ को जित दर्ता गर्‍यो। सिनियर गल्र्समा एनसिसिएस र निम्स ‘ए’ ले फाइनल यात्रा तय गरे। एनसिसिएले भ्याली पब्लिकलाई १०–८ ले पाखा लगायो भने काष्ठमण्डपविरुद्धको प्रतिस्पर्धामा निम्स ‘ए’ ४–३ ले विजयी भयो।

त्यस्तै स्टाफतर्फ सेमिफाइनल समीकरण पूरा भएको छ। सेमिफाइनलमा काष्ठमण्डपले इन्साइट भिजन तथा महामञ्जुश्रीले निम्सविरुद्ध खेल्नेछन्। स्टाफको विधा पहिलो पटक राखिएको हो। प्रतियोगिताको विजेताले १० हजार र उपविजेताले ५ हजार रूपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताका फाइनल खेलहरू आइतबार हुनेछन्।

प्रकाशित: ५ असार २०७९ ०३:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App