३१ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

अरहन्त, अमृत, दीपक र अमिर सेमिफाइनलमा

अरहन्त सिंह, अमृत थापामगर, दीपक थापा र अमिर ब्लोन ओलम्पिक डे स्क्वास प्रतियोगिता अन्तर्गत पुरुष एकलको सेमिफाइनलमा पुगेका छन्।

नेपाल स्क्वास एन्ड र्‍याकेट्स संघको आयोजनामा भएको प्रतियोगिताको दोस्रो दिन क्वार्टरफाइनलमा अरहन्तले विनोद शाक्यलाई ११–२, ११–६, ११–३ ले, अमृतले दिव्य वज्राचार्यलाई ११–४, ११–३, ११–२ ले, दीपकले उमित शाक्यलाई ८–११, ११–९, ७–११, ११–४, ११–७ ले तथा अमिरले प्रवीण कंसाकारलाई ११–८, ११–४, ११–४ ले हराउँदै अन्तिम चारमा स्थान बनाएका हुन्।

यसैगरी, ५० वर्षमाथिको भेट्रान्स एकलमा लोकेन्द्र भण्डारीले रूपक ताम्राकारलाई ११–७, ११–८, ११–८ ले, प्रवीण कंसाकारले कमल शाक्यलाई ११–२, ११–४, ११–० ले, दीपक अधिकारीले मनोजबहादुर श्रेष्ठलाई ११–४, ११–८, ९–११, ११–६ ले र विनोद शाक्यले विदुर धमलालाई ११–३, १३–११, ८–११, ११–७ ले स्तब्ध बनाए। महिला एकलमा कृष्णा थापाले अस्मिता नगरकोटी र भावना सुनुवारले सालिनी घिमिरेलाई समान ३–० स्कोरमा हराए। यी दुवै अन्तिम चारमा पुगेका छन्।

प्रकाशित: ३ असार २०७९ ०२:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App