१६ असार २०८१ आइतबार
image/svg+xml
खेल

एन्जल्स हार्ट अन्तिम आठमा

एन्जल्स हार्ट र ओडिसी इन्टरनेसनल एकेडेमी पाँचौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार अन्तिम आठमा प्रवेश गरेका छन्।

एन्जल्स हार्टले भ्याली पब्लिकलाई २२–६ ले पराजित गर्‍यो। एन्जल्स हार्टको जितमा प्रतीक कँडेलले १४ अंक योगदान गरे। नीरज मगरको ११ अंक सहयोगमा ओडिसीले हिमरश्मिलाई १३–१२ को साँघुरो अन्तरले हरायो। सोही स्पर्धामा स्काइलार्कले लालीगुराँस नेसनल एकेडेमीलाई ११–४ ले पाखा लगाउँदै क्वाटर फाइनलमा स्थान बनायो।

स्काइलार्कका ओजश रायमाझीले ४ स्कोर गरे। सिनियर ब्वाइजमा स्किब्सले हिमरश्मिलाई २८–९, एचएचसिएले काठमाडौं ग्लोबललाई ३१–१०, भ्याली पब्लिकले सेबलाई ३८–१२, एन्जल्स हार्टले इडेन ब्रिज एकेडेमीलाई ३१–१३ तथा नेपाल मोडेलले भद्रकालीलाई २३–६ ले पन्छ्याए।

नेपाल मोडेलबाहेक सबैले क्वार्टर फाइनलमा स्थान सुरक्षित गरे। स्किब्सका युनिक लिम्बुले १२, एचएचसिएका विक्रम तामाङले १०, भ्याली पब्लिकका अनमोल गुरुङले १४, एन्जल्स हार्टका स्पर्श अधिकारीले ९ र नेपाल मोडेलका सागर लामिछानेले ८ अंक जोडे।

सिनियर गल्र्समा ग्रिनल्यान्ड र भ्याली पब्लिक सेमिफाइनलमा पुगे। ग्रिनल्यान्डले एचएचसिएलाई १०–९ तथा भ्याली पब्लिकले काठमाडौं ग्लोबललाई २५–५ ले निराश पारे। ग्रिनल्यान्डकी समिक्षा थापाले ६ तथा भ्याली पब्लिककी लोरिशा गौचनले ८ स्कोर गरे।

प्रकाशित: २९ जेष्ठ २०७९ ०३:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App