२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

ग्रिनल्यान्डको तेहेरो जित

ग्रिनल्यान्डले पाँचौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार तेहेरो जित निकालेको छ। ग्रिनल्यान्डले सिनियर ब्वाइज/ गर्ल्स र जुनियर ब्वाइजमा जित हात पारेको हो।

सिनियर ब्वाइजमा ग्रिनल्यान्डले स्कोलर्स होमलाई ६९–३० ले पराजित गर्‍यो। ग्रिनल्यान्डको जितमा दिवस भुजेलले २५ अंक योगदान गरे। सिनियर गर्ल्समा जेनिशा श्रेष्ठको ६ अंक सहयोगमा ग्रिनल्यान्डले फेरिल्यान्डलाई १४–४ ले हरायो।

जुनियर ब्वाइजमा हिमरश्मिविरुद्धको खेलमा ग्रिनल्यान्ड २०–६ ले विजयी भयो। ग्रिनल्यान्डका आयुश घलेले ८ स्कोर गरे। सिनियर ब्वाइजको अन्य खेलमा एन्जल्स हर्टले काठमाडौं ग्लोबललाई ३४–२, गोल्डेनपिकले युनिभर्सिटीलाई ५०–१० र लालीगुराँसले हिमरश्मिलाई ४०–१५ ले पन्छाए।

एन्जल्स हर्टका विवश गर्बुजाले ७, गोल्डेनपिकका दिनेश रपालले १२ तथा लालीगुराँसका दीपेश थापाले ११ अंक बटुले। जुनियर ब्वाइजमा स्किब्सले काठमाडौं ग्लोबललाई ९–२ तथा एन्जल्स हर्टले गोल्डेनपिकलाई १८–११ ले पाखा लगाए। स्किब्सका अनुज लिम्बुले ७ तथा एन्जल्स हर्टका प्रतीक कँडेलले १० स्कोर गरे।

प्रकाशित: २८ जेष्ठ २०७९ ०३:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App