४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

जिदान भित्र्याउने दाउमा पिएसजी

फ्रान्सेली शीर्ष डिभिजन लिग च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी) मा जिनेदिन जिदान मुख्य प्रशिक्षक नियुक्तिको नजिकै पुगेको शुक्रबार त्यहाँका सञ्चारमाध्यमले बताएका छन्। माउरिसियो पोचेटिन्होको स्थानमा स्पेनिस ला लिगामा प्रशिक्षकको अनुभव बटुलिसकेका जिदानलाई नियुक्त गर्ने प्रक्रियाको अन्तिम चरणमा पुगेको फ्रान्सेली सञ्चारमाध्यमले उल्लेख गरेका हुन्।

लिग वान क्लब पिएसजीले ४९ वर्षीय जिदानलाई त्यहाँको कानुनी प्रक्रिया पूरा गर्न लागिरहेको बताएका हुन्। पोचेटिन्होसँगको सम्झौता यसअघि नै सकिइसकेको छ। लिग वानको उपाधि जिते पनि पिएसजी च्याम्पियन्स लिगको नकआउट चरणबाटै बाहिरिएको थियो।

उता उनले छाडेको क्लब रियाल मड्रिडले पछिल्लो पटकको च्याम्पियन्स लिगको उपाधि उचालेको थियो। रियालले इङ्लिस प्रिमियर लिग क्लब लिभरपुललाई १–० ले स्तब्ध बनाउँदै उपाधि उचालेको थियो। रियाललाई उपाधि दिलाउँदा ब्राजिलियन स्टार जुनियर भिनिसियसले गरेको गोल निर्णायक बनेको थियो।

पिएसजीमा पुग्न लागेका जिदानले आफ्नो टोली फ्रान्सलाई १९९८ मा विश्वकपको उपाधि दिलाएका थिए भने पछिल्लो समय ला लिगाबाट व्यावसायिक फुटबल खेलेका जिदानले दुई पटक ला लिगाको उपाधि र दुई कोपा डेल रेको उपाधि दिलाउन सफल भएका थिए।

नयाँ सिजनको लिग वान अगस्ट ६ बाट सुरुआत हुँदै छ। त्यसअघि च्याम्पियन पिएसजीले इजरायल भ्रमण गर्नेछ। इजरायल भ्रमण गर्दा टोलीले नान्टेससँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ।

प्रकाशित: २८ जेष्ठ २०७९ ०२:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App