२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

एन्फा निर्वाचनका लागि समिति

अखिल नेपाल फुटबल संघ (एन्फा) को २०औं विशेष साधरण सभाले जेठमा हुने चुनावका लागि अधिवक्ता श्रीराम दवाडीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ।

मंगलबार सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न साधरण सभाले दवाडीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको हो। समितिको सह संयोजकमा रामचन्द्र गौतम तथा सदस्यमा दामोदर भट्टराई, अधिवक्ता सरस्वती श्रेष्ठ र प्रीति कार्की वैकल्पिक सदस्य रहेका छन्।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको अध्यक्षतामा बसेको बैठकले निरीक्षकको नियुक्तिका सम्बन्धमा खेलाडी संघका अध्यक्ष राजेश मानन्धर, महिला संघकी अध्यक्ष वृन्दा देवान र संखुवासभा जिल्ला फुटबल संघका प्रतिनिधि गौरीमान राईको नाम बहुमतले पारित गरेको छ।

त्यस्तै बैठकको निर्णय पुस्तिका प्रमाणित गर्ने सदस्यको नियुक्ति सम्बन्धमा सानेपा क्लबका अध्यक्ष ध्रुवविक्रम पाण्डे, नुवाकोट जिल्ला फुटबल संघका अध्यक्ष दीपक चित्रकार र रेफ्री संघका अध्यक्ष बुद्धिबहादुर गुरुङको नाम बहुमतले पारित गरेको छ। बैठकले निर्वाचन पुनरावेदन समितिको संयोजकमा विष्णु लुइँटेल, सहसंयोजकमा सुधा रिजाल तथा सदस्यमा केशरमणि अर्याल र वैकल्पिक सदस्यमा यज्ञबहादुर राना र हरिप्रसाद इग्नामको नाम बहुमतले पारित गरेको छ।

साथै बैठकले जेठमा हुने निर्वाचनका लागि एन्फा कार्यसमितिको तर्फबाट अध्यक्ष र उपाध्यक्ष र सदस्य पदका लागि उम्मेदवारले तिर्नुपर्ने दर्ता शुल्कसमेत निर्धारण गरेको छ। जसअनुसार अध्यक्ष पदका उम्मेदवारले नगद १५ हजार, उपाध्यक्ष पदका उम्मेदवारले नगद १० हजार र सदस्य पदका उम्मेदवारले नगद  ५ हजार निर्धारण गरिएको छ।

यसअघि दुई पटक एन्फाले विशेष साधारणसभाको मिति तोके पनि दुवै पटक स्थगित भएको थियो। एन्फाले फिफा र एएफसीले दिएको निर्वाचन निर्देशिकामा केही अन्योल भएकाले उनीहरूसँगको सल्लाहमा साधारण सभा स्थगित भएको जनाएको थियो।

प्रकाशित: १६ चैत्र २०७८ ०१:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App