२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

भक्तपुर फुटबल क्लबको जर्सी सार्वजनिक

भक्तपुर फुटबल क्लबले आफनो नयाँं जर्सी सार्वजनिक गरेको छ। क्लबले सोमबार पत्रकार सम्मेलन गरी जर्सी सार्वजनिक गरेको हो।

सिद्धि स्मृति प्रतिष्ठानका अध्यक्ष एवं क्लबका सल्लाहकार श्याम धौभडेल, क्लबका संरक्षक साजन प्रजापति, गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर सुरेश कवां र ख्वप्रिङ इगलिश ऐकेडेमी च्याम्हासिंह भक्तपुरका प्रिन्सिपल विनोद प्रजापतिले संयुक्त रुपमा जर्सी सार्वजनिक गरेका हुन्।

जर्सीको गोर्खा इको प्यानलले प्रायोजन गरेको थियो। सोही अवसरमा गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर सुरेश कवांले भक्तपुर फुटबल क्लबसँग कम्पनीले एक वर्षका लागि सहकार्य गरेको जानकारी गराए। फुटबलको विकासका लागि कम्पनीले सहयोग गर्ने प्रतिवद्धता उनले सोही अवसरमा जनाए।

भक्तपुर युवा टीम गोल्मढीले फागुन ६ गतेबाट सञ्चालन गर्ने भक्तपुर कप फुटबल प्रतियोगितामा क्वलका खेलाडीहरु यही जर्सी लगाएर मैदानमा जाने पत्रकार सम्मेलन गरेर जानकारी गराइयो। सम्मेलनमा सिद्धि स्मृति प्रतिष्ठानका अध्यक्ष श्याम धौभडेलले क्लबका क्याप्टेन उज्जन थुयालाई जर्सी हस्तान्तरण गरेका थिए।

साथै सोही अवसरमा गोर्खा गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर सुरेश कवांले क्लबका अध्यक्ष राम प्रजापति र सिद्धि स्मृति प्रतिष्ठानका अध्यक्ष श्याम धौभडेललाई कम्पनीको तर्फबाट मायाको चिनो वितरण गरेका थिए।

सम्मेलनमा अध्यक्ष धौभडेलले खेलकुुदले युवाहरूलाई सही दिशा प्रदान गर्न सहयोग पुग्ने बताउँदै भक्तपुरको पहिचान वृद्धि गर्न भूमिका निर्वाह गर्ने विश्वास लिए। क्लबका संरक्षक साजन प्रजापतिले भक्तपुर फुटबल क्लब स्थापनाको पृष्ठभूमिबारे जानकारी दिँदै भक्तपुरको फुटबलको गति प्रदान गर्न क्लबले भूमिका खेलेको बताए।

ख्वप्रिङ इगलिश ऐकेडेमी च्याम्हासिंह भक्तपुरका प्रिन्सिपल विनोद प्रजापतिले फुटबलको विकासका लागि आफनो स्कुलले पनि सहयोग गर्न तयार रहेको बताए। क्लबका अध्यक्ष राम प्रजापतिले क्लबका सहयोगीहरूलाई विशेष धन्यवाद दिए। 

प्रकाशित: २ फाल्गुन २०७८ ११:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App