४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

संकटालाई हिमालयनको साथ

हिमालयन बैँकले सहिद स्मारक ‘ए’ डिभिजन क्लब संकटालाई १० लाख रूपैयाँ प्रायोजन गरेको छ। सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणा र संकटा क्लबका महासचिव रमेशध्वज बस्नेतले हस्ताक्षर गरे।

सम्झौताअनुरूप बैंकले सो रकम खेलाडीहरूको तयारी तथा खेलमा आवश्यक पर्ने सरसामान खरिद गर्न उक्त क्लबलाई प्रदान गरेको हो। हिमालयन बैंकले विगतदेखि नै देशमा विभिन्न खेलकुद तथा खेलाडीहरूको विकास र प्रवर्द्धनमा सहयोग प्रदान गर्दै आएको छ।

कार्यक्रममा बैँकका महाप्रबन्धक अनुप मास्केलगायत अन्य वरिष्ठ पदाधिकारीसहित संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरलगायत अन्य प्रतिनिधिको उपस्थिति थियो। जारी लिगमा आठ खेलको समाप्तिमा १४ अंक बटुलेको संकटा तालिकाको तेस्रो स्थानमा छ।

प्रकाशित: २७ पुस २०७८ ०१:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App