२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

भलिबलमा ४ नम्बर बाहिनी प्रथम

सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकमा जारी ‘सशस्त्र प्रहरी महानिरीक्षक कप, २०७८’ अन्तर्गत भलिबल प्रतियोगिता सम्पन्न भएको छ। १ नम्बर बाहिनीलाई ३–२ ले हराउँदै ४ नम्बर बाहिनी प्रथम भएको हो। पराजय भएको १ नम्बर बाहिनी दोस्रोमा चित्त बुझाएको छ। ५ नम्बर बाहिनीलाई ३–० ले हराउँदै ७ नम्बर बाहिनी तेस्रो भएको छ।

यसैबीच बिहीबारसम्म भएको प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान पदक तालिकामा शीर्ष स्थानमा रहेको छ। प्रशिक्षण प्रतिष्ठान दुई स्वर्ण, एक कांस्यसहित तीन पदक प्राप्त गरेको छ। ४ नम्बर बाहिनी कास्की दुई स्वर्णसहित दोस्रो स्थानमा रहेको छ। सोमबारदेखि सुरु भएको प्रतियोगितामा ९ नम्बर बाहिनी काठमाडौं र ७ नम्बर बाहिनी कैलालीले समान एक स्वर्ण र एक कांस्य गरी दुई/दुई पदक हात पारेको आयोजकले जानकारी दिएको छ।

यस्तै ३ नम्बर बाहिनी मकवानपुरले तीन रजत र एक कांस्य गरी चार पदक प्राप्त गर्दा ५ नम्बर बाहिनी रूपन्देहीले दुई रजत प्राप्त गरेको छ। १ नम्बर बाहिनी सुनसरीले एक रजत र एक कांस्य हात पारेको छ। २ नम्बर बाहिनी महोत्तरीले दुई कांस्य प्राप्त गर्दा ६ नम्बर बाहिनी सुर्खेत पदक बिहीन बनेको छ। प्रतियोगितामा भलिबल र एथलेटिक्सका सम्पूर्ण खेल सम्पन्न भएका छन् भने फुटबलको अन्तिम खेल हुन बाँकी रहेको छ। बुधबार प्रतियोगिता सम्पन्न हुने भने पनि प्रतिकुल मौसमका कारण शुक्रबार मात्रै समापन हुने छ।

प्रकाशित: १६ पुस २०७८ ०२:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App